मोदीले नेपालसँगको सम्बन्धको विषयमा २६ जनवरीमा महत्वपूर्ण घोषणा गर्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मोदीले नेपालसँगको सम्बन्धको विषयमा २६ जनवरीमा महत्वपूर्ण घोषणा गर्ने



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धको विषयमा महत्वपूर्ण घोषणा गर्ने संकेत देखिएको छ ।

नेपालसँग सम्बन्ध सुधार्न चाहेका मोदीले आगामी २६ जनवरीमा हुन लागेको भारतीय गणतन्त्र दिवसका दिन नेपालसँगको नयाँ सम्बन्धका विषयमा बोल्ने संकेत देखिएको भारतीय स्रोतले बतायो ।

भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मोदीले ओलीसँग टेलिफोन गर्नुको कारण पनि यही रहेको स्रोतले बतायो ।

विगतवर्षजस्तै यस वर्षपनि मोदीले लालकिल्लामा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यही आउने २६ जनवरीको दिन मनाइने गणतन्त्र दिवसको दिन मोदीले लाल किल्लामा नेपालको बारेमा केही बोल्ने संकेत गरेका हुन् ।

मोदीले नेपालमा बन्न लागेको बाम सरकारसँग विशेष सम्बन्ध राखेर अघि बढ्न चाहेको कुरा उनका पछिल्ला भूमिकाले देखाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नबन्दै मोदीले भावी प्रधानमन्त्रीको रुपमा उनलाई बधाई समेत दिइसकेका छन् । एक महिनाको अवधिमा उनले ओलीलाई दुईपटक टेलिफोन गरिसकेका छन् ।

ओली प्रधानमन्त्री भएका छैनन् तर उनले ओलीलाई प्रधानमन्त्रीकै रुपमा सम्मान गरेर दुईपटक सम्वाद गरिसकेका छन् ।

मोदीले आइतबार ओलीलाई टेलिफोन गरी भारतमा स्वागत गर्न आफूहरु प्रतिक्षारत रहेको बताए भने ओलीले पनि जानकी मन्दिर र मुक्तिनाथ दर्शनका लागि निम्तो दिइसकेका छन् ।

स्रोतले भन्यो – दुवै देशका प्रधानमन्त्री खासगरी भारतीय प्रधानन्त्री मोदी र अब बन्ने नेपालका प्रधानमन्त्री ओली मिलेर जाँदा विकासमा दुवै देशलाई टेवा पुग्दैछ भन्ने हेक्का मोदीलाई छ ।

यही ठानेर मोदीले ओलीको स्वास्थ्य स्थिति बुझ्नुको साथै दरिलो र गर्विलो व्यक्तिगत सम्बन्ध बनाउने उद्देश्यले ओलीसँगको सम्वादलाई निरन्तरता दिएका छन् ।

मोदीको कुटनीतिक जादुका कारण पनि द्धिपक्षीय सम्बन्धमा नयाँ आयामहरु देखिन थालेको स्रोतको भनाइ छ । न्यूज २४ टेलिभिजनबाट