मोदीले नाकाबन्दीको बारेमा बोलिदिएको भए सुनमा सुगन्ध हुने थियो :उपाध्याय - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मोदीले नाकाबन्दीको बारेमा बोलिदिएको भए सुनमा सुगन्ध हुने थियो :उपाध्याय



काठमाण्डौ । भारतका लागि नेपालका पूर्व राजदुत दिपकुमार उपाध्यायले नेपाल भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मस्विकारोक्ति गरेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उपाध्यायले नेपाल भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै राम्रा कुराहरु गरेर आत्मस्विकारोक्ति गरेको बताए ।

भारतका कारण नेपाली जनताले पाएको कष्टका विषयमा दुःख प्रकट गरिदिएको भए सुनमा सुगन्ध हुने उपाध्यायले बताएका छन् ।

“नेपाली जनताले पाएको दुःखका बारेमा केही नबोलेका कारण सामाजिक संजालमा आरोप लगाउने ठाउँ पाएका छन् । यसलाई पनि चिर्न सक्नुपथ्र्यो ।”

सामाजिक संजाल हुने गरेका मोदीले थोरै मात्र बोलिदिएको भए पनि नेपालीहरु खुशी हुने उनको तर्क छ ।

आफु राजदुत भएर भारतमा बस्दा पनि यो सल्लाह दिएको उनको दाबी छ ।

दुई देशबीचको कुटनीतिक सम्बन्धलाई सफल वा असफल भयो भनेर टिप्पणी गर्न नहुने उनले बताएका छन् । “कुटनीतिमा कहिले को असफल भएका छ र ? जहिले पनि सफल हुन्छ ।” उनले भने ।

भारतमा मोदी प्रधानमन्त्री हुनुभन्दा अघि १७ वर्षसम्म प्रशासनिक तहमै सम्बन्ध सिमिति भएकोमा मोदी प्रधानमन्त्री भएपछि प्रधानमन्त्री तहमा नै भ्रमण हुन थालेकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

“राजनीतिक तहको सम्बन्ध हुनुपर्छ भनेर मोदीले ब्रेक थ्रु गर्नुभयो । नेपालका समृद्धि र नेपालीको खुशीका लागि भारतको साथ रहन्छ भन्नुभएको छ । यसमै टेकेर हामी अगाडि बढ्नुपर्छ ।” उपाध्यायले भने ।