मिनेन्द्र रिजालले ओली र प्रचण्डमाथि लगाए सङ्गीन आरोप - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मिनेन्द्र रिजालले ओली र प्रचण्डमाथि लगाए सङ्गीन आरोप



प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले अदालतमाथि धम्कीको भाषा बोल्ने गरेको आरोप लगाएका छन् ।

आईतबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता रिजालले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डण्डा बर्साएर प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई पदमुक्त गराएको भन्दै आक्रोश गरे ।

उनले २ तिहाई बढि मतको बलमा सरकारले बल मिचाई गर्न नपाउने पनि स्पष्ट पारे ।

रिजालले सत्तारुढ दलहरुले सत्तामा बसेर अदालतमाथि धम्कीको भाषा बोल्ने गरेको भन्दै अव त्यसो हुन नदिइने चेतावनी समेत दिए ।

काँग्रेस नेता रिजालले सत्ताको आडमा थिचोमिचोको राजनीति गर्ने अधिकार लोकतन्त्रमा कसैलाई पनि नहुने तर्क समेत गरे ।