मन्त्री मात्रिका यादव अचानक दिल्ली किन गए ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मन्त्री मात्रिका यादव अचानक दिल्ली किन गए ?



काठमाडौं-उद्योग मन्त्री मात्रिका यादव अचानक दिल्ली पुगेका छन् । दिल्लीमा उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गर्दै गर्दा उनि भारत गएको थाहा भएको छ ।

विदेश मन्त्रालयका प्रवत्ता रवीशकुमारले मन्त्री यादव र स्वराजवीच व्यापार र विकासमा आपसीहितका विषयमा कुराकानी भएको जनाएपनी मात्रिका अन्य कुनै गोप्य योजनाका साथ् गएको हुनसक्ने जानकारहरु बताउँछन ।

मन्त्री यादव के कार्यक्रमका लागि दिल्ली गएका हुन भन्ने स्पस्ट खुलेको छैन् । केपी ओली नेतृत्वको सरकारलाई चिनियाँ निकट भनेर अन्तराष्ट्रिय संचारमाध्यले समाचार दिने गरेका छन । केहि दिन अगाडी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अब प्रधानमन्त्रीको भ्रमण सुरु हुने बताएका थिए  ।

यस अघि ओली प्रधानमन्त्री नहुँदै स्वराज भारतीय प्रधानमन्त्रीको विशेष दूतका रुपमा नेपाल आएकी थिइन् ।सो क्रममा उनले ओलीसहितका शीर्ष नेतासँग भेट गरेकी थिइन् ।