२०७५ असार ११, सोमवार

किन दिँदैछन् माओवादी मन्त्रीहरु राजिनामा ?

January 12, 2018
212 Views
Spread the love

माओवादी केन्द्रका मन्त्रीहरूले आठ महिनापछि शुक्रबार पदबाट सामूहिक राजीनामा दिने भएका छन् । बिहीबारै राजीनामा दिने भनिए पनि सार्वजनिक बिदा परेकाले शुक्रबारका लागि सरेको विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेलले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विनाविभागीय बनाएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले हस्ताक्षरसहित आफ्नो राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका छन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई सामूहिक राजीनामापत्र दिने तयारी गरेका थियौँ,’ पोखरेलले नयाँ पत्रिकासँग भने, ‘बिहीबार सार्वजनिक बिदा परेकाले राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका छौँ । पार्टीले शुक्रबार प्रधानमन्त्रीलाई राजीनामापत्र बुझाउँछ ।’

नयाँ जनादेश आएलगत्तै प्रधानमन्त्री देउवाले राजीनामा नदिने देखेपछि नैतिकताका आधारमा राजीनामा दिन लागेको पोखरेलले बताए । ‘ताजा जनादेश आएलगत्तै नैतिकताका आधारमा छिटै प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ होला, किन हतारमा हामीले मात्र राजीनामा दिनुप¥यो भन्ने थियो,’ उनले भने, ‘तर, प्रधानमन्त्रीले राजीनामा दिन ढिलाइ गर्ने देखिएपछि हामीले राजीनामा दिएका हौँ ।’ आफूहरूले राजीनामा दिएमा प्रधानमन्त्रीलाई दबाब बढ्न सक्ने पोखरेलले बताए ।

एक साताभित्र मन्त्रीनिवास खाली गर्ने
माओवादीका सबै मन्त्रीले एक हप्ताभित्र मन्त्रीनिवास छोड्ने मन्त्री टेकबहादुर बस्नेतले बताए । ‘हाम्रा पार्टीका केही मन्त्रीहरू उपत्यकाबाहिर हुनुहुन्छ,’ उनले भने, ‘सबै मन्त्रीले निवास छोड्न कम्तीमा पनि एक हप्ता लाग्न सक्छ ।’ माओवादीका मन्त्री विनाविभागीय बनाइए पनि मन्त्रीनिवासमै बसेका थिए ।

यी हुन् माओवादी मन्त्री
उपप्रधानमन्त्री कृष्णबहादुर महरा, मन्त्रीहरू जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साह, राज्यमन्त्रीहरू मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पा

वातावरणमन्त्रीले राजीनामा नदिने
जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले भने राजीनामा नदिने भएकी छिन् । ‘माओवादी मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै हुनुहुन्छ,’ मन्त्री चौधरीले नयाँ पत्रिकासँग भनिन्, ‘तर म निकट नेताहरूसँग छलफल गरेर मात्र राजीनामा दिने-नदिने निर्णयमा पुग्छु ।’ चौधरी नेकपा संयुक्तबाट मन्त्री भएकी थिइन् । संयुक्त र माओवादीबीच गत २५ असोजमा पार्टी एकता भएको थियो ।

Facebook Comments

You may be interested

विश्वकप: पोर्चुगल र रोनाल्डोको भाग्यको फैसला आज !
खेलकुद
0 shares3 views
खेलकुद
0 shares3 views

विश्वकप: पोर्चुगल र रोनाल्डोको भाग्यको फैसला आज !

himal post - २०७५, ११ असार १५:११

काठमाडौं। विश्वकप फुटबलमा आजबाट समूहका तेस्रो चरणका खेल सुरु हुँदैछन् । आज समूह ए र बी का चार खेल हुनेछन्…

आक्रमणमा परि ८६ जनाको मृत्यु
अन्तराष्ट्रिय
0 shares10 views
अन्तराष्ट्रिय
0 shares10 views

आक्रमणमा परि ८६ जनाको मृत्यु

Himalpost 1 - २०७५, ११ असार १४:५०

एजेन्सी– नाइजेरियामा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ । मध्य प्रदेश प्लाटेउको वरपर विभिन्न ठाँउमा भएका घटनाहरमा…

दसैं अघि नै आउने भयो, मेलम्चीको खानेपानी
समाचार
0 shares7 views
समाचार
0 shares7 views

दसैं अघि नै आउने भयो, मेलम्चीको खानेपानी

Himalpost 1 - २०७५, ११ असार १४:१६

मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मेवारी लिने इटालियन कम्पनी, सीएमसी दसैंभन्दा अघि नै मेलम्चीको पानी काठमाडौं ल्याउन सहमत भएको छ। खानेपानी…