२०७५ जेष्ठ ६, आइतवार

मलेसिया जाने कामदारको अतिरिक्त शुल्क खारेज गरिने

May 18, 2018
16 Views
Spread the love
  • 3
    Shares

काठमाडौँ– सरकारले मलेसिया जाने नेपाली कामदारबाट लिने गरेको विभिन्न शीर्षकका अतिरिक्त शुल्क खारेजीका लागि पहल शुरु गरेको छ ।

श्रम, वैदेशिक, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा कूटनीतिक पहल गर्ने गरी एकपक्षीय र अवाञ्छितरुपमा लिइएका शुल्क अन्त्य गर्ने भएको हो ।

श्रममन्त्री गोकर्णराज विष्टले आज पत्रकार सम्मेलन गरी नेपाल र मलेसियाको श्रम सम्झौतामा समेत नभएका ३९ वटा स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य परीक्षणको व्यवस्था हटाई नेपालमा कानूनबमोजिम सञ्चालित सबै संस्थामा परीक्षण गराउन, परीक्षणमा अनलाइन माइग्रामका नाममा प्रतिकामदार रु १२५, मलेसियन दूतावासमा एकीकृत सेवा ९ओएसस०का नाममा लिइने दुई हजार ८०० र भ्याट, माइग्रेसन सेक्युरिटी बापत तीन हजार २०० सय, भीसा शुल्क अनलाइनबाट प्रक्रिया गर्न रु तीन हजार २०० लिने काम अवैध, अवाञ्छित र गैरकानूनी भएकाले खारेज गराइने जानकारी दिए ।

यो निर्णयबाट नेपाली कामदारलाई झण्डै १८ हजार बचत हुनेछ । नेपालबाट मलेसियामा वार्षिक करीब डेढ लाख कामदार जान गरेका छन् ।रासस

Facebook Comments
  • 3
    Shares

You may be interested

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !
राजनीति
0 shares12 views
राजनीति
0 shares12 views

मुख्यमन्त्री लालबाबुको राजिनामा माग !

himal post - २०७५, ६ जेष्ठ १७:०३

वीरगन्ज – नेपाली कांग्रेसका नेता बिजय सर्राफले प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । नेपाली…

पुर्वएमालेका यी हुन २४१ केन्द्रीय सदस्य (नाम सहित)
राजनीति
0 shares12 views
राजनीति
0 shares12 views

पुर्वएमालेका यी हुन २४१ केन्द्रीय सदस्य (नाम सहित)

himal post - २०७५, ६ जेष्ठ १६:५९

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय समितिमा तत्कालिन एमालेका तर्फबाट २४१ केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको छ । एकीकरणअघि तत्कालिन एमालेले तत्कालिन…

बल्ल देवी ज्ञवालीमाथि न्याय गर्यो नेकपाले
राजनीति
0 shares16 views
राजनीति
0 shares16 views

बल्ल देवी ज्ञवालीमाथि न्याय गर्यो नेकपाले

himal post - २०७५, ६ जेष्ठ १६:५३

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा पराजित भएका तत्कालिन एमालेका नेता देवी ज्ञवालीले अन्ततः न्याय पाएका छन् । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)…