२०७५ असार १०, आइतवार

मलेसियाका पूर्वप्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध !

May 12, 2018
182 Views
Spread the love
  • 117
    Shares

क्वालालम्पुर- मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । मलेसियाको आप्रवासन विभागले भर्खरै मात्र सत्ताबाट बाहिरिनु भएका पूर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो ।

हालै सम्पन्न निर्वाचनमा रजाकको पार्टी पराजित भएको थियो भने उहाँले सत्तामा रहदा शक्तिको दुरुपयोग गरेको अरोप लगाइएको छ । विभागले रजाकसँगै उहाँकी श्रीमती रोश्मा मनसुरलाई पनि देशबाट बाहिरिन प्रतिबन्ध लगाएको जनाएको छ ।

विभागले आफूहरुलाई देशबाट बाहिरिन प्रतिबन्ध लगाएको सार्वजनिक भएपछि ट्वीट गर्दै नाजिबले लेख्नु भएको छ, “म र मेरो परिवारलाई मलेसियाका आप्रवासन विभागले देश छाड्न प्रतिबन्ध लगाएको बारेमा मलाई पहिले नै थाहा थियो ।” उहाँले थप लेख्नु भएको छ, “मैले त्यो निर्देशनलाई सम्मान गर्नेछु र म मेरो परिवारसँगै स्वदेशमै बस्ने छु ।

यसै हप्ता भएको ऐतिहासिक निर्वाचनमा नजाबले नेतृत्व गरेको बरिसान राष्ट्रिय गठबन्धन पराजित भएको थियो । सो गठबन्धन सन् १९५७ मा मलेसिया स्वतन्त्र भएदेखि सत्तामा रहेकोमा अव सत्ता बाहिर रहने भएको छ ।

यस निर्वाचनमा पाकाटन हारापन गठबन्धनले बहुमत ल्याएर गठबन्धनका नेता तथा पूर्व प्रधानमन्त्री माहाथिर मोहमदको नेतृत्वमा नयाँ सरकार पनि गठन गरिसकिएको छ ।

बिहीबार प्रधानमन्त्रीमा नियुक्ति हुनुभएका मोहमदले शुक्रबार दश जना नयाँ मन्त्री थप्नुभएको छ । आफूले ठूलो संख्याको मन्त्रिमण्डल नचाहेको तर केही मन्त्रीहरुको भने तत्काल आवश्यकता भएकोले तत्कालै विस्तार गरिएको प्रधानमन्त्री माहाथिरले बताउनु भएको छ । (रासस/सिन्ह्वा)

Facebook Comments
  • 117
    Shares

You may be interested

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares5 views
पत्रपत्रिका
0 shares5 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares6 views
राजनीति
0 shares6 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…

एसइर्इकाे रिजल्ट चित्त बुझेन ? यसो गर्नुहोस
समाचार
0 shares12 views
समाचार
0 shares12 views

एसइर्इकाे रिजल्ट चित्त बुझेन ? यसो गर्नुहोस

himal post - २०७५, १० असार ०७:११

काठमाडाैं । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको माध्यमिक शिक्षा (एसइई) कक्षा १० काे परीक्षाफलमा आफूले प्राप्त गरेको कुनै विषयको नतिजा…