मकाउ तामाङ घेदुङले भब्यताको साथ २८५४औं सोनाम ल्होछार मनायो। - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मकाउ तामाङ घेदुङले भब्यताको साथ २८५४औं सोनाम ल्होछार मनायो।



कर्ण अधिकारी मकाउ,चीन ।

मकाउ तामाङ् घेदुङ्ले मिति २०१८/१/२० तारीक शनिवारका दिन २८५४ औं सोनाम ल्होछार मकाउ स्थित इण्डियन गार्डेन रेष्टुरेन्टमा सयौको संख्यामा उपस्थित भई बिबिध कार्यक्रम गरी भब्यताको साथ मनाएको छ।सोनाम ल्होछार मकाउमा नै यति धेरै नेपालीहरूको उपस्थिति रहेको कार्यक्रम बन्न पुगेको छ।यसरी सोनाम ल्होछार बिदेशी भुमिमा मनाउनाले बिदेशीएका नेपालीहरू बीचको भावनात्मक संबन्धलाई प्रगाढ बनाउनुका साथै रीति रीवाज धर्म संस्कृतिको पनि जगेर्ना हुने कुरा ब्यक्त गर्नु हुन्छ मकाउ घेदुङका अध्यक्ष दोर्जे तामाङ।बिगतका दिनहरूमा पनि मकाउमा रहेका जातीय संस्थाहरूले आआफ्नो धर्म संस्कृति र परम्पराको नाममा कार्यक्रमहरू गर्दै आई रहेको छ।सोनाम ल्होछार तामाङ समुदायको भए पनि अन्य जात जातीका नेपालीहरू र मकाउमा रहेका सामाजिक जातीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति हुनु नै एक आपसमा भाईचराको सम्बन्ध कायम गर्नु हो।नेपालमा जातीयताको कुरा ल्याएर समाज भड्काउन खोज्नेहरूलाई यस्ता कार्यक्रमहरूले आँखा खोली दिने कार्य गर्दै आएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका अध्यक्ष शान्ति देवी अधिकारी अतिथि हंगकंग तामाङ घेदुङका सचिव रमेश मोक्तान,नेपाली प्रबासी मंचका उपाध्यक्ष शिव थापा,तमु(गुरूङ)समाज मकाउका अध्यक्ष रामेन्द्र गुरूङ,किराँत राई यायोख्या मकाउका अध्यक्ष भीम कुमार राई,किराँत चुम्लुङ याक्थुम मकाउका अध्यक्ष अमारीका लिम्बु,ब्रदर हुड मकाउका अध्यक्ष बम लिम्बु,नेपाली समाज मकाउका उपाध्यक्ष युवराज न्यौपाने,पश्चिमेली समाज मकाउका अध्यक्ष पदम सिंह पन्त,नेपाली समाज मकाउका सल्लाहकार एवं मंडेलाका डाईरेक्टर दिपक कुमार क्षेत्री,मकाउ तामाङ घेदुङका संरक्षक हेम तामाङ,शेर्पा समाज मकाउका अध्यक्ष आङ् गेल्जेन शेर्पा,हिमालयन हाउस मकाउका अध्यक्ष श्री रूस्तम कुमार श्रेष्ठ,पाकिस्तानी समाज मकाउका प्रेसिडेन्ट अमानत अली भट्ट,नेपाली समाज मकाउका संरक्षक राजकपुर थपलिया,नेपाली जनसम्पर्क समिति मकाउका प्रतिनिधि,मकाउ चेम्वर अफ कमर्शका प्रतिनिधि लगाएतका उपस्थिति रहेको थियो।उक्त कार्यक्रमको सभापतित्व मकाउ तामाङ घेदुङका अध्यक्ष दोर्जे तामाङले गरेका थिए भने कार्यक्रमको उदघोषक घेदुङकै उपाध्यक्ष सुरेन्द्र तामाङ र बिरेन वाईवाले गरेका थिए।कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गराउनका लागि उल्लेख्य भुमिका निर्बाह गर्ने मकाउ तामाङ घेदुङका कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरू लगाएत गीत गाएर मनोरन्जन दिने कलाकारहरूलाई मकाउ घेदुङका अध्यक्ष दोर्जे तामाङ्ले बिशेष धन्यबाद दिएका छन्।