२०७५ असार १०, आइतवार

गोकर्ण विष्टको अर्को काम: अब मजदुरको न्यूनतम तलब १५ हजार

May 9, 2018
89 Views
Spread the love
  • 81
    Shares

श्रम मन्त्री गोकर्ण विष्टले नेपालमा कार्यरत श्रमिकहरुको मासिक तलब बढाउने गृहकार्य थालेका छन् ।

हाल ९ हजार ७ सय रुपैयाँ न्यूनतम पारिश्रमिक लिइरहेका श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने श्रम मन्त्रालयको तयारी छ ।

साथै श्रमिकमाथिको शोषणलाई अन्त्य गर्न बैंकमार्फत अनिवार्य भुक्तानीको व्यवस्था गर्न पनि मन्त्री विष्टले गृहकार्य थालेका छन् ।

यसका लागि श्रम नियमावली संशोधनको तयारी भइरहेको छ । सरकारले साउन १ गतेदेखि मजदुरको नयाँ न्युनतम् पारिश्रमिक तोकेर लागू गराउन गृहकार्य गरिरहेको मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीले जानकारी दिए ।

यसका लागि ऐनले गरेको व्यवस्था बमोजिम न्युनतम् पारिश्रमिक निर्धारण समिति गठनको तयारी भइरहेको छ ।

सरकारले अब मजदुरको न्युनतम् तलव १५ हजारभन्दा माथि लैजाने योजना बनाएको छ । तर, समितिले गर्ने सिफारिसका आधारमा मन्त्रालयले त्यसको अन्तिम निर्णय लिनेछ ।

ट्रेड युनियनहरुले पनि अहिले ९ हजार ७ सय रुपैयाँ रहेको न्यूनतम तलवले श्रमिक बाँच्न सक्ने अवस्था नरहेकाले १५ हजारभन्दा बढी बनाउन माग गरिरहेका छन् ।

यसपटक घरेलु कामदारको पनि तलब तोक्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments
  • 81
    Shares

You may be interested

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

himal post - २०७५, १० असार ०७:२५

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ…

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares6 views
पत्रपत्रिका
0 shares6 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares9 views
राजनीति
0 shares9 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…