निर्वाचनमा किन पछि परे महिला ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

निर्वाचनमा किन पछि परे महिला ?



प्रमुख दलले सकेसम्म महिलालाई प्रत्यक्षमा मौका दिनै चाहेनन् । टिकट दिइएका थोरैमध्ये पनि जित्ने असाध्यै कम छन् । धेरैजसोले जमानतै जोगाउन सकेनन् ।

प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष निर्वाचित महिलाको प्रतिनिधित्व निकै कम हुने देखिएको छ । दलहरूबाट टिकट दिइएका थोरै संख्याका नेत्रीमध्ये पनि अधिकांश पराजित भएपछि यस्तो अवस्था निम्तिएको हो ।

प्रदेश नम्बर १ को प्रदेशसभामा दुई महिला मात्र निर्वाचित भएका छन् । ५६ निर्वाचन क्षेत्रमध्ये २३ स्थानमा महिला उम्मेदवार थिए ।

प्रमुख राजनीतिक दलले महिलालाई उम्मेदवारीमा अपेक्षाअनुरूप प्राथमिकता नै दिएनन् । स–साना दलबाट टिकट दिइएका र स्वतन्त्र उम्मेदवार बनेकाहरूले जित्ने गरी मत ल्याउनै सकेनन् ।

इलामको क्षेत्र १ को प्रदेश ‘क’ बाट वाम गठबन्धन उम्मेदवार एमालेकी खिनु लिम्बूले कांग्रेसका देवेन्द्रकुमार राईलाई हराइन् । यसैगरी उदयपुरको क्षेत्र २ को ‘ख’ बाट एमालेकी कला घले चुनिएकी छन् । उनले कांग्रेसका रामकुमार खत्रीलाई पराजित गरेकी हुन् ।

आजको कान्तिपुरमा यो खबर छ, ताप्लेजुङको ‘क’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिम वाम गठबन्धनका बलबहादुर साम्सोहाङसँग पराजित भएकी छन् । यही जिल्लाको ‘ख’ बाट उम्मेदवार बनेकी एकीकृत राप्रपा राष्ट्रवादीकी सपना सामेखामले ४ सय ८३ मत मात्र पाइन् । छिमेकी पाँचथर जिल्लाबाट प्रदेशसभा सदस्यमा कुनै पनि महिलाको उम्मेदवारी परेको थिएन ।