दिल्लीमा १६ दिन के गरेर फर्के महन्थ ठाकुर ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दिल्लीमा १६ दिन के गरेर फर्के महन्थ ठाकुर ?



राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर १६ दिन लामो बसाईंपछि नयाँ दिल्लीबाट काठमाण्डु फर्केका छन् ।

उनी बुधवार राती नयाँ दिल्लीबाट काठमाण्डु फर्केका हुन् । मुटुको उपचार गर्न उनी १६ दिनअघि भारत गएका थिए । नयाँ दिल्लीको मेदान्त अस्पतालमा उनको मुटको एञ्जियोगाफ्रीको अप्रेशन गरिएको थियो । ठाकुरको साथमा राजपाकी नेतृ तथा सांसद चन्दा चौधरी पनि भारत गएकी थिइन। चौधरी पनि ठाकुरसंगै काठमाण्डु फर्केकी छन् । ठाकुरको स्वास्थ्यमा त्रमिक सुधार भएको ठाकुरका सहयोगी सतेन्द्र मिश्रले जानकारी बताए ।

भारतमा ठाकुरको बसाइ लम्बिएका कारण गत बैशाख ८ गते हुने भनिएको राजपाको अध्यक्ष मण्डलको बैठक बस्न सकेन । अझै एक दुई दिनपछि मात्र बैठक बस्ने भएको छ । ठाकुर भारतमै भएको बेला गत बैशाख ७ गते राजपाले आफनो पहिलो स्थापना दिवस काठमाण्डुमा मनाएको थियो । सो कार्यक्रममा पनि ठाकुर अनुपस्थित रहेका थिए ।