मदन भण्डारी गोल्डकप: शुरुवाती खेलमा आयोजक एकेडेमी ५ –१ ले बिजयी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मदन भण्डारी गोल्डकप: शुरुवाती खेलमा आयोजक एकेडेमी ५ –१ ले बिजयी



आचार्य प्रदीप/बुटवल । सर्बाधिकराशीको तेश्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिता आजबाट बुटवलमा शुरु भएको छ । प्रतियोगिता उद्घाटन राष्ट्रपति बिद्यादेबी भण्डारी ले गरेकी हुन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश नं. ५को आयोजनामा बुटवलको रामनगरमा रहेको मानबज्ञान उच्च माबिको खेलमैदानमा प्रतियोगिता चलिरहेको छ ।

शुक्रबार भएको शुभारम्भ खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडमी बिजयी बनेको छ । सुदुर पश्चिम ११ लाई ५ –१ ले पराजित गर्दै एकेडेमि बिजयी बनेको हो ।

एकेडेमीका लागी खेलको १६ औ मिनेटमा प्रकाश बुढाथोकीले गोल गरे । पहिलो हाफमा नै सुदुरपश्चिमका लागी प्रणय अञ्जानले गोल फर्काएका थिए । १–१ को बराबरीमा पहिलो हाफ सकिएपनि दोस्रो हाफको १९ औ मिनेटमा एकेडमिका लागी प्रकाश बुढाथोकीले दोस्रो गोल गरे ।

एकेडेमीका लागी तेस्रो गोल बिदेशी खेलाडी अब्बाले गरेका थिए । भने चौथो गोल दोस्रो हाफको ३३ औ मिनेटमा बिश्व अधिकारीले र पाँचौ गोल दोस्रो हाफको ४४ औ मिनेटमा दिपेश आलेले गरेका थिए । खेलमा म्यान अफ द म्याच एकेडेमीका प्रकाश बुढाथोकी म्यान अफ द म्याच घोषित भए । आईतबारको खेल झापा ११ र एपिएफ बिच हुने आयोजकले जानकारी दिएको छ ।

प्रथम पुरस्कार राशी १५ लाख नगद तथा दोस्रो स्थान हासिल गर्नेलाई नगद ७ लाख ५० हजार रुपैया पुरस्कार राखिएको स्पोर्टस एकेडेमी, प्रदेश नं. ५ अध्यक्ष नरबहादुर घर्तीले बताए ।

खेल अवधिभर प्रत्येक खेलाडीको ३ लाख बराबरको विमाको ब्यवस्था गरिएको छ ।प्रतियोगितामा नेपाल आर्मी, थ्रिस्टार, मलेसियाको हिमालयन फुटवल क्लव, झापा ११, एपिएफ क्लव, सुनौलो संगम, मनाङ मस्र्याङदी र नेपाल पुलिस सहभागि छन् ।

करीब १ करोड १४ लाख खर्चमा प्रतियोगिता संचालन गरिएको हो ।रामनगरबासी (स्थानीय)लाइ खेल हेर्न छुटको ब्यबस्था मिलाइएको छ भने अन्यका लागि १ सय देखि ३ सय सम्मको टिकटको ब्यबस्था गरिएको छ । खेल मैैदानमा ५ हजार जना अट्नेगरि प्याराफिट पनि बनाइएको छ । प्रतियोगिताको फाइनल चैत १९ गते हुनेछ