लम्कीचुहा उद्योग वाणिज्य सङ्घको निर्वाचन स्थगित गर्न उच्च अदालतको आदेश - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लम्कीचुहा उद्योग वाणिज्य सङ्घको निर्वाचन स्थगित गर्न उच्च अदालतको आदेश



गोविन्द बिसी/बौनिया

यही जेठ ६ गते हुने भनिएको लम्कीचुहा उद्योग वाणिज्य सङ्घको निर्वाचन स्थगित भएको छ । उच्च अदालत दिपायलले निर्वाचन स्थगनको आदेश दिएपछि निर्वाचनका सबै कार्यक्रम स्थगित भएको हो ।

लम्कीचुहा उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदको उम्मेदवारी खारेजीको माग गर्दै दायर रिटको आज बहस गर्दै उच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएको हो ।

निर्वाचनका लागि सङ्घको कार्य समितिमा सङ्घको विधान बमोजिम कम्तीमा एक कार्यकाल नरहेको व्यक्तिले सङ्घको अध्यक्ष पदमा सिधै उम्मेदवार हुन पाउने छैन भन्ने व्यवस्था भएकाले विधान विपरीत अध्यक्ष पदका उम्मेदवार चुडामणि भण्डारीको उम्मेदवारी भएकाले बदर गरिदिन भन्दै उच्च अदालत दिपायलमा रिट परेपछि अदालतले तत्कालका लागि निर्वाचन रोक्न आदेश दिएको हो ।

जारी गरिएको अदालतको आदेश अनुसार निवेदनका तर्फबाट वरिष्ठ अधिवक्ता राजेन्द्र बहादुर साउद, अधिवक्ता पदमराज शर्मा र गोविन्द जोशीले बहस गरेको उल्लेख गरिएको छ ।

आज भएको बहसमा उच्च अदालतका मुख्य न्यायधीश यज्ञप्रसाद बस्यालको एकल इजलासले निवेदनको टुङ्गो नलागेसम्म्म २०७५ जेठ ६ हुने भनिएको निर्वाचनको कार्यक्रम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत दिपायलबाट जारी आदेशमा रिट निवेदनको निवेदन बमोजिम आदेश किन हुन नपर्ने ? माग बमोजिम आदेश जारी हुनु नपर्ने कुनै कारण भए सबुत प्रमाण सहित सूचना पाएको मितिले बाटो म्याद बाहेक १५ भित्र आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्न भनिएको छ ।

पर्सि हुने भनिएको चुनावका लागि दुवै प्यानल चुनावी प्रचारप्रसार व्यस्त रहेका थिए । सङ्घको विधान विपरीत अस्वच्छ प्रतिस्पर्धा हुने भएकोले रिट परेपछि उच्च अदालतले अर्को आदेश नआए सम्म चुनाव स्थगित गर्न आदेश दिएको हो ।

यसअघि गत वैशाख ३१ गते अध्यक्ष पदकी उम्मेदवार सुशीला शाही प्यानलले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिस्पर्धी अध्यक्ष पदका उम्मेदवार चुडामणि भण्डारीको उम्मेदवारी विधान विपरीत भएको बताउँदै आएको थियो ।
सङ्घको कार्य समितिमा सङ्घको विधान बमोजिम एक कार्यकाल बिताएको भन्ने स्थिति नदेखिएको अवस्थामा निजलाई अध्यक्ष पदको उम्मेदवार बनाउन योग्यता नपुगेको भनी निवेदकले दिएको निवेदनमा विपक्षी मध्येका निर्वाचन अधिकृतले २०७५ जेठ १ गते दिएको आदेश समेतबाट रिट दायर गरिएको उल्लेख छ ।

यसैबिच,निर्वाचन अधिकृत मयाराम धमालाले एक सूचना जारी गरी उच्च अदालत दिपायलद्वारा जारी गरिएको उत्प्रेषण प्रमादेशको उच्च सम्मान व्यक्त गर्दै निर्वाचनका सबै कार्यक्रम स्थगन गरिएको जानकारी दिएका छ्न ।