तीन वटा स्तन भएकी महिला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

तीन वटा स्तन भएकी महिला



विद्यालयमा पढ्ने क्रममा एउटा प्रश्न सबै जसो विद्यार्थीहरूलाई सोधिने गरिन्छ- ‘तिम्रो सोख के हो?’ र यसमा विभिन्न प्रकारका उत्तरहरू आउने गर्दछन् । कसैले आफ्नो सोख चिनिसकेका हुन्छन् भने कतिपय चाहिं यस्तो प्रश्नसामु पर्दा झस्किने पनि गर्दछन्।

तर २४ वर्षीय जस्मिन ट्राइडेभिल भने रियालिटी टिभी स्तर बन्ने सोख पालेर बसिन् र टिभीमै देखापर्नका लागि उनले प्रकृतिलाई नै चुनौती दिइन् र २१ वर्षको उमेरमा कस्मेटिक सर्जरीका माध्यमबाट तेस्रो स्तन निर्माण गर्न लगाइन्।

उनले टिभीमै देखापर्न भनेर २० हजार डलर खर्च गरेर अतिरिक्त स्तन बनाउन लगाएकी थिइन्।

ट्राइडेभिलका अनुसार उनले कमसे कम ५० डाक्टरहरूले उनको कस्मेटिक सर्जरी गर्न मानेका थिएनन् । उनले सर्जन खोज्दा खोज्दै २ वर्ष बिताइन्। एक जना सर्जनले नाम नखुलाउने सर्तमा उनको सर्जरी गर्न सहमति जनाए।

यसका लागि उनको पेटबाट मासु निकालेर दुवै स्तनको बीचोबीच प्रत्यारोपित गरिएको थियो। जब ती सर्जनले तेस्रो स्तनमा निप्पल समेत राख्न भ्याए उनको खुसीको सीमा नै थिएन। उनी भन्छिन्- “तीन स्तन भएकी महिलाको रूपमा चिनिन पाएकोमा खुसी छु।”

उनीसँग आफ्नै क्यामेरा टोली छ र उनी आफ्नो संघर्षको भिडियो बनाइराख्छिन्। सुरुमा उनको तीन स्तन राख्ने निर्णयले धेरैलाई निराश बनाएको। तर उनी विचलित भइनन् र उनले म्युजिक भिडियोहरू बनाएर सामाजिक संजालमा राख्न थालिन्।

उनको यस्तो आग्रहलाई अस्वीकार गर्ने कतिपय डाक्टरहरूले उनको यस कृत्यलाई ‘प्रकृति विरुद्ध’ भनेर आलोचना गरेका थिए।

कतिपयले यसलाई ‘मानवीय गरिमा’ विरुद्ध समेत भने। पेसाले मसाज थेरापिस्ट रहेकी उनले आफैँ विशेष खालको बिकिनी समेत बनाएकी छिन्।

उनकी आमा र दिदीले नचाहिने काम गएको भन्दै उनीसँग सम्बन्ध तोडिसकेका छन् तर उनलाई भने यस कुरामा कुनै पछुतो छैन। उनी गर्व गर्दै भन्छिन्’ “हो, उनीहरूले यो मन पराएनन्।”

उनले आफ्नो रुप १९९० मा प्रदर्शित हलिउड चलचित्र ‘टोटल रिकल’मा देखाइएकी तीन वटा स्तन भएकी वेश्या जस्तो बनाएकी छिन्।