बायर्नविरुद्ध गोल नगरेपनि रोनाल्डोको कीर्तिमान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बायर्नविरुद्ध गोल नगरेपनि रोनाल्डोको कीर्तिमान



म्युनिख (एजेन्सी) – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखको घरेलु मैदानमा रियल म्याड्रिड २-१ ले विजयी हुँदा क्रिस्टियानो रोनाल्डोले गोल गरेनन्। गोल नगरेपनि रोनाल्डोले यस प्रतियोगितामा नँया कीर्तिमान बनाए।

घरेलु टोली बायर्नलाई जोसुवा किमिचले पहिलो गोल दिलाए पनि रियललाई मार्सेलो र मार्को असेन्सियोले गोल गर्दै पहिलो लेगमा २-१ को अग्रता दिलाए। रियलका स्टार स्ट्राइकरले उक्त खेलमा कीर्तिमान रचेका छन्। उनी च्याम्पियन्स लिगमा सर्वाधिक खेल जित्ने खेलाडी बनेका छन्।

यो जितसँगै रोनाल्डोको ९६ खेलमा जित हात पारेका छन्। उनले रियलका पूर्व गोलकिपर इकर कासिलासलाई पछि पारेका हुन्। कासिलासको नाममा ९५ जित छ। त्यस्तै बार्सिलोनाका पूर्व मिडफिल्डर जाभीले युरोपको यस महत्वपूर्ण प्रतियोगिता अन्तर्गत ९१ खेलमा जित हात पारेका छन्।

रोनाल्डो बाहेक रियल पनि यस खेलमा कोशेढुङ्ग पुगेको छ। रियलको यो च्याम्पियन्स लिगमा १ सय ५० औं जित हो। यस प्रतियोगितामा १ सय ५० खेल जित्ने रियल पहिलो टोली बनेको छ।