साउथ अस्ट्रेलियामा 'किराँत फेस्टिभल २०१८' आयोजना हुँदै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

साउथ अस्ट्रेलियामा ‘किराँत फेस्टिभल २०१८’ आयोजना हुँदै



एडीलेड,

किराँत राईहरूको महान् चाड उभौली पर्वको अवसरमा साउथ अस्ट्रेलियामा रहेको किराती समुदायले ‘किराँत फेस्टिभल २०१८ ‘ कार्यक्रम आयोजना गरी मनाउने भएको छ । किराँत सोसाइटी अफ साउथ अस्ट्रेलिया र भुटनीज किराँत कम्युनिटी अफ साउथ अस्ट्रेलियाको संयुक्त आयोजनामा यही मे १९ तरिकाको दिन बिहान ११ बजे देखि बेलुका ५ बजे सम्म सल्स्बरीमा कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नवीन कम्बांगले बताए।

महिना भरि मनाइने उभौली चाडका अवसरमा किराती समुदायले भूमि तथा अन्नबालीको पूजा गर्दै मनाउने गर्छन् । यो चाड पृथ्वीमा कृषि युगको सुरुवात भएदेखि नै प्रचलनमा रहेको विश्वास गरिने कम्बांग बताउछन। उनले थप्दै भने ” त्यसैले हाम्रो परम्परा रीतिलाई भूगोल बाट टाढा भए पनि संरक्षण गर्दै हामीले हरेक वर्ष कार्यक्रम गर्ने गरेका छौ ।” साउथ अस्ट्रेलियामा हुने कार्यक्रममा यहाँको नेपाली भाषी समुदाय सहित विभन्न स्टेट बाट समेत अतिथिहरूको उपस्थिति रहने उनले बताएका छन् ।

यो पर्व ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक मनाइन्छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् वसन्त ऋतुमा उभौली र मङ्सिर पूर्णिमा अर्थात् शरद ऋतुमा उधौली पर्वको रूपमा मनाइन्छ । ‘दुमी भाषामा उभौली पर्वलाई ‘धिरियाम्लो’ र उधौली पर्वलाई ‘छिरियाम्लो’ भन्ने गरिन्छ, हरेक वर्ष अन्नबाली लगाउने बेलामा उभौली र पाक्ने बेलामा खुसीयाली मनाउँदै उधौली पर्व मनाइन्छ’ ।

लगाएको अन्नबाली राम्रोसँग सप्रियोस्, पानी परोस्, किराफट्याँङ्ग्रा तथा जंगली जनावरले दुःख नदिउन्, सबैमा सुख शान्ति, सुस्वास्थ्य, दैवी प्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ । तराईतिर गर्मी बढेर माछा, पशुपंक्षी, चराचुरुङ्गी, किराफट्याङ्ग्रासमेत उभो चिसो लेकतिर बसाइँ सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने पर्वलाई उभौली भनिएको हो । किराँतहरू उधौली पर्वमा अन्नबाली पाक्ने, खेतबारीमा लहलह देखिने, भकारी भरिएर सह बसोस्, आउँदो साल खाद्यान्नको अभाव नहोस् भन्दै खुसी, सुख र समृद्धिको कामना गर्दै उधौली पर्व मनाउँछन् ।