किन र केका लागि मनाउँदै छन् नेपाली जनताले प्रजातन्त्र दिवस। - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

किन र केका लागि मनाउँदै छन् नेपाली जनताले प्रजातन्त्र दिवस।



कर्ण बहादुर अधिकारी।

विक्रम संबत १९०३ सालबाट २००७ साल सम्म एक क्षत्र राज गरेको राणा शाशकहरूको अन्याय अत्याचारबाट आजित भएका नेपाली जनताहरू निरङ्कुशताको विरुद्धमा एकीकृत भएर जीवनको कुनै पनि प्रवाह नगरी देशमा आमूल परिवर्तन गर्नु पर्छ भन्ने मनाशयले कठिन परिस्थितिका बाबजुत पनि देशलाई राणा शाशकको मातहातबाट उन्मुक्ति दिनका लागि बलिदानी दिएका थिए।

जाहानीया राणा शाशक विरुद्ध बोलेकै भरमा प्रथम सहिद लखन थापालाई गोरखा मनकामना मन्दिरको नजिकै मृत्युदण्ड दिएका थिए।लखन थापा पछि राणा शाशक विरुद्ध आवाज उठाएको र परिवर्तन चाहेको भन्दै ४ जना शहीदहरू गंगालाल श्रेष्ठ,शुक्रराज शास्त्री,धर्म भक्त माथेमा र दशरथ चन्द्र ठाकुरलाई १९९७ सालमा मृत्युदण्ड दिइएको थियो। यी मृत्युदण्ड दिएका शहीदहरूको एउटै उद्देश्य थियो देशमा प्रजातन्त्र ल्याउने उहाँहरूको उदेश्यलाई पुरा गर्नका लागि नेपालका शिक्षित वर्गहरू लागि परे।ती शिक्षित वर्गलाई पनि राणा शाशकहरूले देश निकाला गरेका थिए।

प्रवासमा रहेर राणा शासन अन्त्य गर्नका लागि योजना बनाउन थाले त्यति खेर राजा त्रिभुवन पनि प्रवासमा नै थिए नेपालमा राजा ज्ञानेन्द्रलाई बनाइएको थियो । देशमा प्रजातन्त्र ल्याउनु पर्छ भनेर योगदान दिनेहरू बीपी कोइराला,सुवर्ण शम्शेर,गणेशमान ,कृष्ण प्रसाद भट्टराई,गिरिजा प्रसाद कोइराला ,मनमोहन अधिकारी ,सहाना प्रधान लगायतका थुप्रै नेताहरू थिए।उहाँहरूले राजा त्रिभुवनलाई भारतबाट नेपाल फर्काएर २००७ सालमा विशाल आन्दोल गरेका थिए उक्त आन्दोलनबाट आजित भएर राणा शाशकहरू जनताको सामु घुँडा टेक्न बाध्य भयो।

२००७ साल फागुन ७ गतेका दिन १०४ वर्षीय जाहानीया निरङ्कुश राणा शाशकको अन्त्य सँगै नेपालमा प्रजातन्त्रको उदय भएको थियो।राजा त्रिभुवनले फेरी राजगद्धि सम्हाले । आज हामी नेपाली जनताहरू त्यसै दिन फागुन ७ गतेलाई सम्झिएर प्रजातन्त्र दिवस मनाई रहेका छौ।आखिर किन मनाई रहेका छौ त प्रजातन्त्र दिवस भन्ने बारे सम्पूर्ण नेपाली जनताहरूले बुझ्न जरुरी छ।निरङ्कुश राणा शाशकहरूले बन्द घेरा भित्र राखेर नेपाली जनताले पाउने नैसर्गिक अधिकारहरूलाई आफ्नो पकडमा राखेका थिए।नेपाली जनतालाई कुनै कुरामा पनि स्वतन्त्रता थिएन।राणा शाशकहरूबाट दमन अत्याचार एकदमै थियो यस्ता कुराहरूको अन्त्य गराउनका लागि नै प्रजातन्त्र आएको थियो नेपालमा प्रजातन्त्र भनेको नेपाली जनताले आफ्नो हक अधिकार सहज र सरल तवरबाट हासिल गर्न सक्ने छन्। प्रजातन्त्रमा सबैलाई समान हक र अधिकारहरू हुन्छन्।नेपाली जनताले चयन गरेर मतदान गरेर पठाएका व्यक्तिहरूको निश्चित समय अवधि तोकेर सरकार बन्ने छन् तिनीहरूले नै विभिन्न योजनाहरू तय गरेर देश विकास गर्ने छन्।

नेपाली जनतालाई शिक्षा, दीक्षा, गाँस,बास र कपासको व्यवस्था लगायत वाक स्वतन्त्रता सबैलाई बराबरी हुने छन् यस्तै कुराको सेरो फेरोमा घुमेको छ प्रजातन्त्र तर यति राम्रो प्रजातन्त्रलाई राजा महेन्द्रले २०१७ सालमा कु गरेर निरङ्कुश पंचायति व्यवस्था लागु गरे।जनताको अधिकारलाई कब्जामा लिए।नेताहरूलाई जेल राख्ने काम गरियो।३० वर्ष सम्म निरङ्कुश पंचायति व्यवस्थाले नेपालमा राज गर्‍यो।२०४६ सालमा विशाल आन्दोलन पछि पंचायति व्यवस्थाले पनि घुँडा टेक्यो र बहुदलीय प्रजातन्त्र आयो।बहुदलीय व्यवस्था ल्याउनका लागि कयौँ नेपाली जनताहरू सहिद बने।

जनताको अधिकार जनतालाई नै सुम्पिए राजा बिरेन्द्रले तर नेपालका नेताहरूले प्रजातन्त्रको मूल्य र मान्यतालाई अवलम्बन गर्न सकेनन्।प्रजातन्त्रलाई कागजमा मात्रै सीमित गराए जनताहरूलाई पूर्ण रूपमा अधिकार दिलाउन सकेनन्।२०५२ सालमा माओवादी जन्मिए जनतालाई अधिकार दिलाउँछु भनेर माओवादीले देशलाई तहश नहस बनाए।१० वर्ष सम्म माओवादी युद्ध चल्यो २०६२/६३ मा आन्दोलन भयो यो आन्दोलनले राजतन्त्रको अन्त्य पनि गरायो।लोकतन्त्र पनि आयो पछि यसैलाई परिमार्जन गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनेर भनियो।सबै तन्त्र आयो तर अझै पनि प्रजातन्त्रको मूल्य र मान्यता अनुसार देश चल्न सकेन।कुनै पनि सरकारले प्रजातन्त्रको मूल्य र मान्यतालाई अवलम्बन गर्न सकेनन्।

नेपालमा कुनै पनि सरकारले राम्रो सँग काम गर्ने माहौल बन्न सकेन।भ्रष्टाचारले देशलाई दलदलमा फसाए देश गरिब भए सीमित व्यक्तिहरू मात्र धनी भए।जनताले पाउने अधिकारहरूलाई कुनै पनि सरकारले ध्यान दिएको पाइएन के यही हो त प्रजातन्त्र?के यही हो त लोकतन्त्र?के यही हो त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल?प्रजातन्त्रमा गाँस,बास र कपास सबैलाई बराबरी भन्थे खै त बराबरी?२०७२ साल वैशाखमा भूकम्पमा घरबार बिहिन भएका नेपालीहरूलाई खै त व्यवस्थापन गरेको यही हो त समान अधिकार?देश हामीले नै बनाउने हो साथै हाम्रो अधिकार हामीले नै निर्धारण गर्ने हो कसैले पनि सुनिश्चित गराई दिने वाला छैन।बीपीको समाजवादमा भनिएको छ समाज भनेको भौतिक आधारबाट तयार भएको संरचना हो समाजका प्रत्येक सदस्यले समान हक अधिकार उपभोग गर्न पाउनु नै समाजवाद हो भनेका छन्।तर देशमा त्यस्तो माहौल बन्न सकेन सारा नेपाली जनताहरू यसैमा दुखी छन्।

शेर बहादुर देउवाको मात हातमा रहेको सरकारले स्थानीय,प्रदेश र प्रतिनिधि सभा चुनाव सम्पन्न गराए पश्चात् देश कम्युनिष्टमयी भएको छ देउवाको नौ महिने कार्यकाल पनि सम्पन्न भई सकेको र केपी शर्मा ओलीको मातहातमा सरकार गई सकेको छ।आशा गरौँ अब बनेको सरकारको मन्त्री मण्डलको पूर्णता पाए पश्चात् ३ करोड जनताको हितमा काम गर्ने छ।प्रजातन्त्रको मूल्य र मान्यतालाई पनि आत्मसात् गर्ने छ भन्ने आशा र कामना गरौँ।