खेलकुद मन्त्री एका बिहानै किन पुगे रङ्गशाला ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

खेलकुद मन्त्री एका बिहानै किन पुगे रङ्गशाला ?



 

१७ साउन, काठमाडौँ ।

युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी मङ्गलवार रङ्गशाला निरीक्षण र खेलाडी तथा प्रशिक्षकहरुका समस्या बुझ्न रङ्गशाला पुगे ।
मन्त्री केसी एका बिहानै दशरथ रङ्गशाला पुगेका थिए ।

रङ्गशालामा करिब डेढ घण्टा बिताएर उनले खेलाडी तथा प्रशिक्षकहरुसंग भलाकुसारी गरेका थिए ।
उक्त कुराकानीमा मन्त्रीसामु खेलाडी र प्रशिक्षकहरुले आर्थिक अभाव लगायत प्राविधिक समस्याहरू बताएका थिए । उनीहरूसँग मन्त्री केसीले खेलकुद क्षेत्रका समस्याहरू चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।