खानेपानिको बोरिङ्ग शिलान्यास, स्थानिय हर्षित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

खानेपानिको बोरिङ्ग शिलान्यास, स्थानिय हर्षित



जीवन बिष्ट / सुखड,कैैैलाली। 
पानीका लागि काकाकुल जरही वस्तीमा खानेपानिको वोर को शिलान्यास गरिएको छ । घोडाघोडी नगरपालिका वडा नम्वर ८ मा अवस्थीत जरही वस्तीमा वडा नम्वर ८ का वडा अध्यक्ष भिम वोगडीको पहलमा जरही वस्तीमा खानेपानिको वोर निमार्ण हुन लागेको हो । खानेपानि आयोजनाको सोमबार वडा नं. ८ का वडा अध्यक्ष भिम वोगडीले शिलान्यास गर्नु भएको थियो ।

जरही वस्तीमा वडा नम्वर ८ र नगरपालिकाको १५ लाख लागतमा खानेपानि आयोजना निमार्ण हुन लागेको छ ।खानेपानि को वोरको शिलान्यास पछी सञ्चारकर्मी सँग कुराकानि गर्दै अध्यक्ष वोगटिले वोर वाट दुई चार दिनमै खानेपानि आउने बताउनु भयो ।

१५ लाखको लागतमा निमार्णाधिन वोर वाट जरही गाँउका करिव ४ सय देखी ५ सय परिवारलाई खानेपानि पुग्ने,सिचाई सुविधाहुने उहाले बताउनु भयो । आफ्नै गाउमा खानेपानि सहज तरिकाले पाइने भएपछी जरही वासी हर्षित वनेका छन् । जरही वस्तीमा वेला वेलामा खानेपानिको समस्या उत्पन्न हुने गरेको थियो ।अव त्यो समस्याको अन्त्य हुने भएको छ ।फाइल तस्वीर :