खगेन्द्र संग्रौलाले केपी ओलीलाई भने: हैट, ताेरी ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

खगेन्द्र संग्रौलाले केपी ओलीलाई भने: हैट, ताेरी !



काठमाडौं- प्रगतिशील लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तोरीको संज्ञा दिएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो भनेका हुन् ।

सरकारले सिहंदरबार, शित्तल निवाश, बालुवाटार र माइतीघर मण्डलामा पनि निषेधाज्ञा जारि गरेपछि फेसबुकमा उनले ओलिको चरित्र अाेलीराजकाे चरित्र कति छिटाे नाङ्गिएकाे भन्दै प्रश्न गरेका छन् ।

“निरङ्कुश शासक जनताका डरले अाफ्नाे दरबारवरिपरि निषेधाज्ञाकाे पर्खाल खडा गर्छ। सिंहदरबार, शीतलनिवास दरबार र बालुवाटार दरबारपछि माइतीघर मण्डलामा पनि निषेधाज्ञाकाे पर्खाल? जनवादी हुँ भन्ने, जनताका लागि सास फेर्ने ठाउँ पनि नछाड्ने? अाेलीराजकाे चरित्र कति छिटाे नाङ्गिएकाे? हैट्, ताेरी?”