कपिलवस्तुमा 'सुन्दर शान्त नेपाल' परियोजना लागु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कपिलवस्तुमा ‘सुन्दर शान्त नेपाल’ परियोजना लागु



कमल बन्जाडे/ कपिलवस्तु

मधेस मानव अधिकार गृह (माहुरी होम) ले कपिलवस्तुमा सुन्दर शान्त नेपाल नामक परियोजना सञ्चालन सुरु गरेको छ ।

इन्टरनेशनल अलर्टको अर्थोक तथा प्राविधिक सहयोग र माहुरी होम कपिलवस्तुको सञ्चालनमा कपिलवस्तुको शुद्दोधन गाउँपालिकामा परियोजना सञ्चालन गरिएको कार्यक्रम संयोजक वसन्त बन्जाडेले जानकारी दिनुभयो । स्थानीय स्तरमा भएका विवाद, तनाव, बेमेल तथा असुरक्षाहरूलार्इ पहिचान गरी सोही क्षेत्रबाट शान्तिकर्ता छनोट गरी द्धन्दलाई न्यूनिकरण गर्न विभिन्न क्षमता अभिवृद्धि तालिम, अभिमुखिकरण, बैठक लगायतका माध्यमबाट व्यवस्थापन गर्ने प्रयास गरिने बताउनु भयो ।

दिगो शान्ति निर्माणका लागी द्धन्द्ध संम्वेदनशिलता आधारित कार्यशाला गोष्ठी गर्ने र कलष्टरस्तरीय सिकाई आदान प्रदान तथा अवलोकन भ्रमणको साथै सार्वजनिक अन्तरक्रिया गर्ने उद्देश्यले माहुरी होमले कपिलवस्तु र रुपन्देहीमा यो परियोजना लागु गरेको ईन्टरनेशनल अलर्टका संयोजक शोभा चौधरीले बताउनु भयो । उहाँ ले शुद्दोधन गाउँपालिकामा गरिएको बृहत् अध्यान पछि यो परियोजना कपिलवस्तुमा कार्यान्वयनमा ल्याउन लागिएको बताउनु भयो ।

माहुरी होमका महासचिव माया ज्ञवालीले परियोजनाले यस क्षेत्रमा रहेका द्धन्द्धहरु न्यूनिकरणको साथै दक्ष शान्तिकर्ता तथा अधिकारकर्मी उत्पादन गर्ने लक्ष्य रहेको बताउनु भयो । उहाँले परियोजना पछि पनि माहुरी होमले अधिकारकर्मिहरुलाई सक्रिय गराई राख्ने बताउनु भयो ।