कञ्चनपुरमा कृषक समूहद्वारा सामुहिक आलुखेती प्रदर्शनी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कञ्चनपुरमा कृषक समूहद्वारा सामुहिक आलुखेती प्रदर्शनी



हेमन्त न्यौपाने / कञ्चनपुर ।। 

जनजागृती बिज वृद्धि कृषक समूहद्वारा सामुहिक आलुखेती गरि शुक्रबार प्रदर्शन गरिएको छ । उन्नतजातको बीउ प्रयोग गरि १० कठ्ठा जमिनमा गरिएको सामुहिक आलुखेतीको पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले खेतमै पुगि आलुखनेर शुभारम्भ गर्नुभएको थियो ।

सामुहिकरुपमा खेतीगरि उदाहरणिय बनेको यस समुह २०६३ सालमा स्थापनाभई २०७२ मा दर्ताभएको हो । समुहले ९ क्विन्टल आलुको बीउ लगाएको समुहका अध्यक्ष रामप्रसाद सुवेदीले बताउनुभयो । बीउ ७५% अनुदान कृषि सेवा केन्द्रले दिएको उहाँले बताउनु भयो ।

आलु लगाएर तयारीगर्दा सम्म कुल ५८,००० रुपैयाँ खर्च भएको समितिका कोषाध्यक्ष हरि प्रसाद अधिकारीले बताउनुभयो । उहाँले यस पटक १०० क्विन्टल भन्दा माथीको उत्पादन लक्ष्य राखिएको बताउनुभयो । आलु उत्पादन राम्रो भएतापनी लामो समय सम्म सुरक्षित राख्न कठिनाइ भएको बताउनुभयो । आलु खनिसकिएपछी मुल्य निर्धारण गरिने समुहका सचीव कालिका प्रसाद ढकालले बताउनुभयो ।

समूहका कुल ३७ जना सदस्यहरुमा १३ पुरुष र २४ महिला छन । बार्षिक १४ हजार ५ सय रुपैयाँमा जमिन भाडामा लिएर उक्त आलु खेती गरिएको समितिले बताएको छ ।