काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नहुने :नेपाल

December 13, 2017
18 Views
Spread the love

काठमाडौं,  । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नहुने बताउनुभएको छ ।

काठमाडौं क्षेत्र नं २ को बज्रयोगिनी, लप्सीफेदी लगायतका स्थानमा स्थानीयसँगको भेटघाटपछि बुधबार आयोजित कार्यक्रममा उनले नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा वर्तमान सरकारले दीर्घकालीन प्रभाव पार्ने प्रदेश संयोजक र प्रतिनिधि नियुक्ति गर्न नैतिकरुपमा पनि नमिल्ने विचार व्यक्त गरे ।

मुलुकमा कम्युनिष्ट शक्तिले जनतालाई अधिकार सम्पन्न बनाउन लामो समय संघर्ष गरेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले वाम गठबन्धनको सरकार बनेपछि अधिनायकवाद तथा एकतन्त्रिय शासन नआउने प्रष्ट पारे ।

जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिका कार्य चाँडो शुरु गरिने बताउँदै उनले पाँच वर्षभित्रमा आर्थिक सशक्तिकरणका माध्यमबाट सामाजिक रुपान्तरण गरी देशको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौं क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित नेता नेपालले प्रशासनिक ढिलासुस्तीको अन्त्य गरी भ्रष्टाचारमा शून्य सहनशीलता नीति कार्यान्वयनलाई प्राथमिकता राखेर देशमा सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखिने बताए ।

Facebook Comments

You may be interested

भारतले सिमा मिचेकोमा नेपाली देशभक्त आवाजको आपत्ति
विचार/लेख
0 shares1 views
विचार/लेख
0 shares1 views

भारतले सिमा मिचेकोमा नेपाली देशभक्त आवाजको आपत्ति

himal post - २०७४, ५ माघ २१:५५

नेपालको पर्सा ,वीरगन्जको छ्पकैया वडा न.१ ,सुन्दरपुर र शिर्सियामा भारतले ५०० मिटर नेपालको सीमा मिच्दै ३० ओटा पीलर राखिसकेको र…

प्रदेश न. १ प्रहरी टिम फाईनलमा
खेलकुद
0 shares2 views
खेलकुद
0 shares2 views

प्रदेश न. १ प्रहरी टिम फाईनलमा

himal post - २०७४, ५ माघ १९:०७

ओम प्रकाश बानियाँ/कमल खड्का बराह-३ नडाहमा जारी प्रथम मेयर कप अन्तर्गतको शुक्रबार भएको सेमिफाइनल खेलमा प्रदेश न. १ प्रहरी टिम…

राजस्व संकलन को लक्ष्य पूरा
अर्थ/व्यवसाय
0 shares2 views
अर्थ/व्यवसाय
0 shares2 views

राजस्व संकलन को लक्ष्य पूरा

Pradeep Acharya - २०७४, ५ माघ १६:४७

बुटवल । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालू आर्थिक वर्ष २०७४÷७५ को प्रथम अर्धवार्षिक अवधिका लागि तोकिएको राजश्व संकलन लक्ष्य पूरा…