जीतका लागि संघर्ष गर्दै नेपाली टोली, वर्षाले रोकियो खेल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जीतका लागि संघर्ष गर्दै नेपाली टोली, वर्षाले रोकियो खेल



काठमाडौं ।। विश्व क्रिकेट लिग डिभिजन २ मा नामिबियासँग नेपाल जीतका लागि संघर्षरत छ। अहिले खेल वर्षाका कारण रोकिएको छ। वर्षका कारण खेल रोकिँदासम्म नेपालले ८ विकेटको क्षतिमा १११ रन बनाएको छ।

नेपालले ४३ ओभर खेलिसकेको छ। १३९ रनको लक्ष्य पाएको नेपाललाई जीतका लागि ४२ बलमा २८ रन आवश्यक छ। २ विकेट नेपालसँग बाँकी छन्। अहिले क्रिजमा सोमपाल कामी ११ रन र वसन्त रेग्मी ३ रन बनाएर खेलिरहेका छन्।

नेपालको ब्याटिङ लाइन सुरुदेखि नै कमजोर रहेको थियो। अहिलेसम्म शरद भेषवाकरले सर्वाधिक २९ रन बनाएका छन्। त्यस्तै, कप्तान पारड्का २२ र उपकप्तान ज्ञानेन्द्र मल्ल १५ रनमा आउट भए। राष्ट्रिय टिममा डेब्यु गरेका रोहितकुमार पौडेल १७ रन बनाएर आउट भएका छन्। अरु खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन्।