पर्यटक भित्राउने राम्रो माध्यम जितगढि हो :मुख्यमन्त्री - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पर्यटक भित्राउने राम्रो माध्यम जितगढि हो :मुख्यमन्त्री



आचार्य प्रदीप/बुटवल,

प्रदेश नम्बर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले बुटवलको जितगढि पर्यटक भित्राउने राम्रो माध्यम भएको बताएका छन् । उनले जीतगढी किल्लालाई ऐतिहासिक सम्पदा र पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्ने बताए ।
नालापानी किल्लामा हार्ने नेपालीको इतिहास लेखिनु तर जित्ने जितगढी किल्लाको एतिहास नलेखिनु दुखद भएको बताउँदै अव नेपालीले यो किल्लाको राष्टिय अन्र्तराष्टिय क्षेत्रमा प्रचार प्रसार गर्नु आवश्यक रहेकोमा जोड दिए ।

उनले नेपाली सेनाको बिरताको कारणलेनै अहिले सेनाको गौरब बढेको बताए । नेपाली फौजले अंग्रेज फौजलाई हराएको दिनको स्मरणमा आज बुटवलको ऐतिहासिक जितगढी किल्लामा विजय उत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाली फौजले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा आज बुटवलमा बृहत्त र्यालीको आयोजना सहित तत्कालिन युद्धको नेतृत्व गरेका कर्णेल उजीर सिंहको शालीकमा माल्यापण र नेपाली सेनाबाट बिशेष तोपको सलामी दिएर बिजय उत्सव मनाइएको हो ।

सोही अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जितगढी किल्लालाई संग्रहालय बनाउने बताए । उनले नेपाली फौजले तत्कालिन अवस्थामा लडेको लडाईको बृतचित्र बनाई राख्ने, हालसम्मकै ठूलो राष्ट्रिय झण्डा र कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक राख्ने तयारी गरेको पनि जानकारी दिए ।

कार्यक्रममा प्रदेशमन्त्रिहरु कुल प्रसाद केसी, लिला गिरी, काग्रेस संदीय दलका नेता बलदेव शर्मा, प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, नगरपालिकाका प्रशासकीय अधिकृत राज बिसी लगायतले जितगढी किल्लाको संरक्षण र प्रवद्धृनमा जोड दिँदै सबै पर्यटकिय क्षेत्रको बिकासका लागी आफुहर तयार रहेको बताए ।
जितगढी क्षेत्र रहेको उपमहानगरपालिकाको वडा नंं १ र २ का घरहरुमा एकै रंग लगाउने र वस्तीलाई पुरातात्विक क्षेत्रको रुपमा विकास गर्न उपमहानगरपालिकाले यस बर्ष ५० लाख रुपैयाँ बिनियोजन गरेको छ ।
जितगढीमा १८७२ सालमा वैशाख ७ गते भएको लडाईंमा नेपालसंग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ ।