जनगायक जीवन शर्मा देउराली सांस्कृतिक मञ्चको कार्यक्रममा दिल्ली आउने ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जनगायक जीवन शर्मा देउराली सांस्कृतिक मञ्चको कार्यक्रममा दिल्ली आउने !



जनगायक जीवन शर्मा साङ्गीतिक प्रस्तुतिका लागि भारतको नयाँ दिल्ली  आउने भएका छन् । गरिब दीन–दुखी र असहायहरुको मुक्तिका गीतहरु गाउंदै हिंड्ने रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष तथा जनगायक जीवन शर्मा नयां वर्ष २०१८  को अवसरमा देउराली सांस्कृतिक मञ्चद्वारा आयोजना गरिएको  इण्डो नेपाल मैत्री महोत्सव-२०१८मा प्रस्तुति दिनका निम्ति दिल्ली  आउने भएका हुन् ।

हामी सभ्य समाजको निर्माणमा छौ अश्लीलता झाल्काउने कुनै पनि प्रस्तुति हुने छैनन् कार्यक्रम आयोजक पिताम्बर खत्री बताउछन । कार्यक्रम  गरिसकेपछि स परिवार बसेर हेर्न मिलोस भन्ने हाम्रो मुख्य उद्देश्य हो उनले थप बताए ।

नेपाल देखि ख्यातिप्राप्त कलाकार बद्रि पंगेनी ,सम्झना भण्डारी ,नारायण बिपी परियार ,विष्णु श्रीपालि ,राम गहतराज ,सुबोध पोख्रेल  र अन्य स्थानीय कलाकारको पनि प्रस्तुति रहने आयोजले बताएका छन् ।

कार्यक्रम एन्ड्रयुगंजको सामुदायिक भवन (मुलचंद मेट्रोको नजिकै) बिहान ११ बजे देखि हुने छ।कार्यक्रममा हेल्प फर नेपालद्वारा निसुल्क स्वास्थ्य परिक्षणको क्याम पनि राखिएको छ ।

सोहि कार्यक्रममा बिगत लामो समय देखि नेपाल भारत सेवा दिदै आएको सुपा देवी देउराली टुर एण्ड ट्रावल्सले आफ्ना नयाँ बातानुकुलित (एसी) गाडीहरु पनि संचालन गर्ने बताएको छ ।