आईपीएल खेलाडीले एक खेलकै १० लाख डलर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आईपीएल खेलाडीले एक खेलकै १० लाख डलर



काठमाडौं । इण्डियन पि्रमयर लिगका संस्थापक ललित मोदीलाई विश्वास छ कि एक दिन यस्तो समय आउँछ, जतिबेला खेलाडीले एक खेलको मिलियन अर्थात १० लाख डलर पाउनेछन् । तर, देशका बीचमा हुने परम्परागत क्रिकेट अन्त्य हुनेछ ।

टी-२० फ्रेन्चाइज प्रतियोगिता एक दशकअघि मात्र सुरु भएको हो । तर, छोटो समयमा विश्वभर फैलियो । आईपीएल सबैभन्दा प्रभावशाली स्पोटर्स लिग बनिसकेको छ ।

मोदीका अनुसार आईपीएल लामो समय चल्नेछ । उनले भनेका छन्, ‘आईपीएल टिमको पछाडि धनाड्य व्यवसायी छन् र भारतमा क्रिकेट क्रेज यसका प्रायोजक र प्रसारकलाई लोभ्याउने छ ।’

यो सिजन राजस्थान रोयर्ल्सले इंग्ल्याण्डका अलराउण्डर बेन स्टोकले यो सिजन १.९५ मिलियन दिएको छ ।

डेली टेलिग्राफको अन्तर्वार्तामा मोदीले यदि १.२० करोडको क्याप हटाउने हो भने आईपीएलका शीर्ष खेलाडीहरुले इंग्लिस पि्रमियर लिग वा एनएफएल स्टार्सले जस्तै पैसा पाउने बताए । उनले भने, ‘तपाईले छि्टटै देख्नु हुनेछ कि खेलाडीहरुले एक खेलको १-२ मिलियन डलर पाउनेछन् ।’

खुला बजारमा त्यसले जित्नेछ, जोसँग सम्पत्ति छ । खेलाडीहरुले पनि त्यही फ्रेन्चाइजबाट खेल्न चाहन्छन्, जसले धेरै पैसा दिन्छ । यद्यपि परम्परागत क्रिकेट चाहनेहरुले लिग फर्म्याटलाई मन पराएका छैनन् ।

मोदीको अनुमान छ कि भविश्यमा देशहरुबीच हुने प्रतिस्पर्धा भने अन्त्य हुनेछ । यससँगै अिाईसीसीको उपयोगिता समाप्त हुनेछ । ‘आज अन्तराष्ट्रिय क्रिकेटको कुनै अर्थ छैन । भारतीय क्रिकेट समर्थकलाई यसको कुनै मतलब छैन’ उनले भने ।

भोलिका दिनमा द्वीपक्षीय सिरिज अन्त्य हुने र विश्वकप जस्ता ठूला प्रतियोगिता ३/४ वर्षमा हुने उनले बताए ।

यसले आईसीसी असान्दर्भिक हुने र आईपीएललाई विस्तार गरे भारतलाई हटाउने चेतावनी दिन सक्ने भन्दै मोदीले भने, ‘तर, भारतसँग आफ्नै खुट्टामा उभिने क्षमता छ । उसको आफ्नै घरेलु संरचना छ, जुन अन्तर्राष्ट्रिय क्रिकेट भन्दा २० गुणा ठूलो भइसकेको छ ।’

उनले टेष्ट क्रिकेटको भनेे अझै भविश्य रहेको बताउँछन् । तर, यसका लागि सबै देश एकजुट भएर यसलाई उचित प्रतियोगिताका रुपमा अघि बढाउनु पर्ने उनले बताए ।

‘यो च्याम्पियनसिप हुनुपर्छ । यदि आईसीसीले गर्दैन भने आईपीएलले नकआउट आईपीएल टेष्ट च्याम्पियनसिप नगर्नु पर्ने कारण देख्दिँन’ अन्तर्वार्तामा मोदीले भनेका छन् ।