आईसीसीदले दियो १०४ राष्ट्रलाई टि-२० अन्तराष्ट्रीय क्रिकेटको मान्यता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आईसीसीदले दियो १०४ राष्ट्रलाई टि-२० अन्तराष्ट्रीय क्रिकेटको मान्यता



काठमाडौं। अन्तराष्ट्रीय क्रिकेट काउन्सिल (आईसीसी)ले आफ्ना सबै सदस्यहरुलाई टि-२० अन्तराष्ट्रीय क्रिकेटको मान्यता दिएको छ। सबै सदस्य राष्ट्रका महिला र पुरुष टोलीले उक्त मान्यता प्राप्त गरेका हुन्। आईसीसीमा अहिले १०४ सदस्य राष्ट्र रहेका छन्।

अहिलेसम्म १२ पुर्ण सदस्य र स्कटल्याण्ड, नेदरल्याण्ड, हङकङ, युएई, ओमान र नेपालसँग टि-२- अन्तराष्ट्रीयको मान्यता रहेको थियो। विश्वकप छनौट खेलमा नेपालले पाएको एकदिवसीय अन्तराष्ट्रीय क्रिकेटको मान्यतासँगै टि-२० अन्तराष्ट्रीयको मान्यता पनि पाएको थियो।

आईसीसीका सिईओ डेव रिचर्डसनले उक्त कुरा बताएका हुन्। आइसीसीले विश?व बरीयताको नियम पनि टि-२० अन्तराष्ट्रीयमा चाँडै नै आउने बताएका छन्।

नेपालले टि-२० विश्वकपमा सन् २०१४मा सहभागीता जनाईसकेको छ।