हिंसा न्यूनिकरणका लागि सामाजिक चेतनाको खाँचो : मुख्यमन्त्री भट्ट - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हिंसा न्यूनिकरणका लागि सामाजिक चेतनाको खाँचो : मुख्यमन्त्री भट्ट



बैतडी , पाटन । ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने घटना न्यूनिकरणका लागि सामाजिक चेतनामा विकास हुनुपर्ने खाँचो औल्याउनुुभएको छ ।

बैतडीको पाटनमा आज आयोजित ‘महिला हिंसा न्यूनिकरणमा प्रदेश सरकारको भूूमिका’ विषयक टेलिभिजन कार्यक्रम समकोणमा बोल्नुहुँदै मुख्यमन्त्री भट्टले प्रदेश सरकार हिंसाका घटना न्यूनिकरण गर्न प्रतिवद्ध रहेको बताउनुभयो । ‘हिंसा न्यूनिकरणका लागि कानूनको कडाइका साथ पालना गरिने छ,’ उहाँले भन्नुभयो ।

मुख्यमन्त्री भट्टलाई बैतडीस्थित निजामति कर्मचारीले स्वागत गरेका छन । संघीयताको जग मजबुत बनाउने प्रमुख दायित्व कर्मचारीको भएको बताउँदै मुख्यमन्त्री भट्टले आफ्नो कर्तव्य पूरा गर्न दत्तचित्त भएर लाग्न निर्देशन दिनुभयो ।

जनताको सेवामा जनप्रतिनिधि र कर्मचारीले लाग्नुपर्ने बताउँदै उहाँले राम्रो गर्नेलाइ पुरस्कृत र गलतलाई दण्डित गरिने बताउनुभयो । everestdainik बाट