हातेमालोद्वारा भारतकाे युनियन बजेट २०१८ सम्बन्धित गाेष्ठी सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हातेमालोद्वारा भारतकाे युनियन बजेट २०१८ सम्बन्धित गाेष्ठी सम्पन्न



भारतको दिल्लीमा सी.ए अध्यनरत नेपाली विद्यार्थीहरूको  सङ्गठन “हातेमालो नेपाली विद्यार्थी समूहले भारतकाे युनियन बजेट २०१८ सम्बन्धी गाेष्ठी सम्पन्न गरेकाे छ । उक्त कार्यक्रमा NIRC का पूर्व सभापति सिए राज चावला प्रमुख अतिथि, विशिष्ट अतिथि विनोद कास्यप र प्रमुख वाचकको रूपमा SRCC का प्राध्यापक डा.
सिए अभिनास गुप्ता र GST Expert सिए सैफअलि गिर्दवल रहेका थिए ।

कार्यक्रममा सिए राज चावला ज्युले भारतीय कर प्रणाली र यसको विश्लेषण गर्नुभएको थियो भने SRCC का प्राध्यापक डा. सिए अभिनाश गुप्ता ज्युले युनियन बजेट २०१८ मा प्रतक्ष्य करमा संशोधनहरू तथा यसको असरका बारेमा खुलस्त पार्नु  परेका थिए । त्यस्तै GST Expert सिए सैफअलि गिर्दवलले GST को बारेमा विविध धारणा राख्दै संशोधनहरू को बारेमा बताए । विशिष्ट अतिथि विनोध कास्यपले Artificial Intelligence(AI) को बारेमा Powerpoint Presentation गरे भने  web telecast को लागि अमूल्य सहयोग गरेका थिए ।

सेमिनार कार्यक्रममा दिल्लीमा रही सिए अध्ययनरत विद्यार्थीहरूको निकै बाक्लो र उत्साहजनक उपस्थिति थियो। उनीहरूले कार्यक्रममा निकै राम्रो र फाईदाजनक भएको कुरा व्यक्त गरे।

प्रमुख अतिथि सिए राज चावला ज्युले आफ्नो मन्तव्य राख्दै विद्यार्थीहरूकै साथमा रमाउने र उनीहरूको सहयोगको लागि विविध कार्यक्रम गरिराखेको भन्दै भर्खरै बनेका नेपाली सिएहरुलाई GST प्रशिक्षण नि:शुल्क गराउने प्रतिबध्धता व्यक्त गरे ।

हातेमालो नेपाली विद्यार्थी समूहले नोभेम्बर २०१७ मा सिए हुन सफल तथा IPCC, CPT सिए परीक्षा पास हुन सफल विद्यार्थीहरूलाई मायाको चिनो, खादा र प्रशंसा पत्रले अभिनन्दन गर्दै बधाई ज्ञापन गरिएको  थियो।

साथै अाइतबारनै हातेमालो नेपाली विद्यार्थी समूहले ३१ जना सदस्य रहने गरी Executive Support Team गठन गरेको छ। जसमा विविन्न विधामा सदस्यहरू रहेका छन्।
सांस्कृतिक समूह:
नेत्र थापा
अायुसा सङ्ग्राैला
सन्जु न्याैपाने
सुनिता पन्थ
ईसाङखी कुथु

 

खेलकुद समूह:
शिशिर भट्टराई
सम्राट् विष्ट
प्रकाश रिजाल
प्रयास पैाडेल
प्रविन चाैधरी

कार्यक्रम सहयोगी समूह:
गोविन्द भुषाल
सामन्त यादव
सन्तोष साह
निशान खड्का
मनोज अधिकारी

शिक्षा,कला साहित्य समूह:
सिए अस्मिता त्रिपाठी ( प्रमुख)
निरज अधिकारी
अाशुतोश राैनियार
असीम गैातम
सबिता महत्त्रा

अनलाइन Quiz समूह:
सन्तोष साह
अग्निधर चापागाई
अर्जुन ज्ञवलि
रुपेश साह
प्रजवल अमात्य

Public Speaking Team:
प्रविन सिवाकोटी
सर्फराज हुसेन
शङ्कर शाह
सन्दिप लामिछाने
सुशील सुवेदी
अनुच्छेद पाण्डे

कार्यक्रममा स्वागत  संस्थाका सचिव गोविन्द आचार्यले गरेका थिए  भने उद्घोषण तथा संयोजन सुनिल श्रेष्ठ र सन्तोष धमलाद्वारा गरिएको  थियो । संस्थाकी अध्यक्ष अायुष्मा अर्याल तथा उपाध्यक्ष विवेक श्रेष्ठले प्रमुख अतिथि सिए राज चावला प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथीहरुलाई खादा र माया चिनो गरेका थिए । समापन मन्तव्य व्यक्त गर्दै कार्यक्रम सभापति तथा अध्यक्षले ‘हातेमालो’ विद्यार्थीहरूकै हकहितका लागि हो भन्दै उनिहरुक‍ो समस्या समाधानका लागि सधैँ तत्पर रहेको कुरा व्यक्त गरिन  ।