देशभरका गुण्डाहरुको लिस्ट तयार पार्दै गृहमन्त्री - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

देशभरका गुण्डाहरुको लिस्ट तयार पार्दै गृहमन्त्री



गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफूले देशभरिका गुण्डाहरुलाई तह लगाउनेगरि एक्शन लिन लागेको स्पष्ट पारेका छन् ।

आज राति हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘धमलाको हमला’ मा पत्रकार ऋषि धमलासँग बोल्दै मन्त्री थापाले आफूल अब गुण्डाहरुलाई तह लगाउनेगरि एक्शन चाल्न लागेको बताए । उनले भने,‘सानादेखि ठूलासम्म सबै डनहरुलाई निमिट्यान्न पार्ने योजना सार्वजनिक गर्छु, डनसँग सम्बन्ध भएका नेताहरुलाई पनि कारबाही गर्छु, कसैलाई छोड्दिन्।’

उनले अब कुनैपनि डनहरुलाई राजनीतिक संरक्षण हुन नदिने उनको घोषणा छ । उनले भने,‘अब डनहरुको बिगबिगी हुँदैन्, कसैलाईपनि छोड्दिन्, देश अब सुशासनमा अघि बढ्छ।’ त्यस्तै उनले लहरो तान्दा पहरो थर्किएपनि अब सुन तस्कर जो भएपनि नछोड्ने चेतावनी दिए ।

मन्त्री थापाले यातायातमात्रै नभएर अब सबै क्षेत्रको सिण्डिकेट ५ वर्षभित्र तोडिने उद्धघोष गरे । यही वर्षको आर्थिक बजेटमा सुरक्षाकर्मीहरुको तलब तथा सेवा सुविधा बढाउँने उनले विश्वास दिलाए । उनले दोहोर्याएर भने,‘यही आर्थिक वर्षमै म सुरक्षाकर्मीहरुको तलब बढाउँछु ।’

फरक प्रसँगमा उनले एमाले–माओवादी केन्द्रबीच भएको पार्टी एकतापछि आफू निकै खुशी भएको प्रतिक्रिया दिए ।