भारतीय ज्यादती बिरुद्ध देशभर प्रदर्शन ! - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

भारतीय ज्यादती बिरुद्ध देशभर प्रदर्शन !



 

हिमालपोष्ट/कञ्चनपुर, फागुन २७ ।

कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल (एसएसबी)को गोली प्रहारबाट गोबिन्द गौतमको मृत्युपछि कैलाली कञ्चनपुर लगायत देशभर प्रदर्शन सुरु भएको छ ।

भारतीय ज्यादती र हत्याको बिरोधमा  कैलालीस्थित नेपाल भारत सिमा क्षेत्र गौरीफन्टामा  माओवादि केन्द्र र नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल क्म्युनिष्ट पार्टी र अन्य सर्वसाधारण बिरोध प्रर्दशनमा उत्रेका हुन् ।

करिब ५ सय को संख्यामा रहेका प्रर्दशनकारीले सिमा क्षेत्रमा रहेको भन्सार कार्यालयको ब्यारियर तोडेका छन् । भारतीय सिमा प्रवेश गर्न खोज्दा प्रर्दशनकारी र नेपाल प्रहरीबिच सामान्य झडप भएको छ । उनीहरुलाई प्रहरीले सिमा क्षेत्रमै रोकेको छ ।

हत्याको बिरोधमा महेन्द्रनगरमा समेत प्रर्दशन भएको छ । उनीहरुले भारतीय ज्यादतीबिरुद्ध नाराबाजी गर्दै महेन्द्रनगर, घटनास्थल पुनर्वास लगायत क्षेत्रमा प्रर्दशन जारी राखेका छन् । सीमा क्षेत्रबाट ५ सय मिटर भित्र नेपाली भुभागमा निर्माण गरिएको कल्र्भटका बिषयमा भारतीय पक्षसँग विवाद हुँदा हिजो एसएसबीले चलाएको गोली लागि स्थानीय गोबिन्द गौतमको मृत्यु भएको थियो ।

एसएसबीको गोलीले ज्यान गुमाएका गौतमको शवयात्रा गर्ने तयारी भएपनि सम्भावित झडपलाई ध्यानमा राखी प्रहरीले शव आफन्तलाई दिएको छैन् । स्थानीय प्रशासनले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । सीमा क्षेत्रमा ससस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ भने मुख्य चोकमा संयुक्त सुरक्षा फौज परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मनोजप्रसाद खनालले बताए ।