फ्युचर स्टार युवा क्लबलाई हराउँदै घोडाघोडी क्लब क्वाटरफाइनलमा प्रवेश - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

फ्युचर स्टार युवा क्लबलाई हराउँदै घोडाघोडी क्लब क्वाटरफाइनलमा प्रवेश



विशाल पाण्डेय
सुखड , कैलाली ।।
महालक्ष्मी प्रथम घोडाघोडी मेयर कप फुटबल प्रतियोगितामा फ्युचर स्टार युवा क्लबलाई ३-० ले हराउदै आयोजक घोडाघोडि क्लब महालक्ष्मी प्रथम घोडाघोडि मेयर कपको क्वाटरफाइनलमा प्रबेश गरेको छ ।

खेलको पहिलो हाफमा बराबरीमा रोकिए पनि दोस्रो हाफमा पर्नेअन्जन दामले १ गोल र सुरेन्द्र चौधरीले २ गोल गरेर टिम लाई अग्रता दिलाएका थिए ।

आज भएका अन्य खेलमा महेन्द्र स्मृति क्लब साडेपानीलाइ २-१ हराउँदै रत्तिपुर युवा क्लब सेमिफाइनलमा प्रबेश गरेको छ । त्यस्तै साहारा क्लब ‘ए’ पहलमानपुर र जगन्नाथ मरुवा युवा क्लब बिचको खेलमा साहारा क्लब ‘ए’ ले ३-० ले अग्रता लिदै क्वाटर फाइनलमा प्रबेश गरेको छ भने साहारा क्लब बि पहलमानपुरलाई ४-१ ले हराउँदै हरियाली युवा क्लब लक्ष्मीपुर क्वाटर फाइनलमा प्रबेश गरेको छ ।

“घोडाघोडी समबृद्बिका लागि खेलकुद” भन्ने मुल नाराका साथ घोडाघोडी नगरपालिको आर्थिक सहयोग , नगर खेलकुद विकास समितिको संमन्वय तथा घोडाघोडी  क्लबको आयोजनामा मेयर कप फुटबल प्रतियोगिता यहि माघ १४ देखि सुरु भएको हो।

प्रतियोगितामा बिजेतालाई  ५१ हजार १ सय ५१ रुपैया सहित ट्फी,मेडल र प्रमाणपत्र र उपबिजेतलाई २१ हजार १ सय २१ रुपैया सहित ट्फी,मेडल र प्रमाणपत्र प्रदान गरीने छ । प्रतियोगिताको फाइनल माघ २१ गते हुने आयोजकले बताएको छ ।