दार्जिलिङ र शिलगुडी सबै भन्दा फोहोर शहर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दार्जिलिङ र शिलगुडी सबै भन्दा फोहोर शहर



एजेन्सी । भारतका सबैभन्दा फोहोर शीर्ष सहरमा पश्चिम बङ्गाल राज्यका मात्र १९ सहर समावेश भएका छन् ।

गुजरातको भद्रेश्वर भने सबैभन्दा फोहोर शहर घोषित भएको छ । यो तथ्याङ्क भारतको केन्द्रीय आवास तथा शहरी कार्य मन्त्रायलले देशव्यापी रूपमा गरेको सर्भेबाट प्राप्त भएको हो ।

पश्चिम बङ्गालका दार्जिलिङ, शिलगुडी, सेराम्पुर, मध्यमग्राम, नर्थ ब्यारेकपुर, बङ्कुरा यस सूचीको शीर्ष २५ मा रहेका केही चर्चित शहर हुन् । यी सहरहरू सरसफाइसँग जोडिएका फोहोर सङ्कलन, खुल्ला दिशा गर्ने बानी, ठोस फोहोर प्रोसेसिङ र व्यवस्थापनहरूमा दयनीय देखिएका थिए ।
बिहार र उत्तर प्रदेश प्रत्येकबाट तीन शहरहरू पनि सबैभन्दा फोहोर शहरको सूचीमा परेका छन् ।
जनवरीदेखि मार्चबीचमा कुल ४२०३ वटा शहरी स्काईहरूमा गरिएको सर्भेबाट उनीहरूको यो ¥याङ्किङ गरिएको हो ।

यो सर्भेमा पहिलो पटक भारतीय सेनाले सञ्चालन गरेको क्यान्टोनमेन्ट बोर्डहरू पनि समावेश गरिएको छ ।
राज्यहरू माझ पनि पश्चिम बङ्गाल सबैभन्दा फोहोरको चौथो स्थानमा परेको छ । ऊभन्दा फोहोर राज्यमा नागाल्यान्ड, पुदुचेरी र त्रिपुरा रहेका छन् ।

रिपोर्टअनुसार सफा राज्यहरूमा झारखण्ड शीर्ष स्थानमा रहेको छ भने उसलाई महाराष्ट्र र छत्तीसगढले पछ्याएका छन् । सहरहरूमा भने इन्दोरलगातार दोस्रो वर्ष शीर्ष स्थानमा परेको छ । इन्दोरलाई भोपाल र चण्डिगढले पछ्याएका छन् ।

यस र्याङ्किङका लागि छ वटा सूचकहरू हेरिएको थियो । ती छवटा सूचकहरूमा ठोस फोहोरको प्रोसेसिङ र व्यवस्थापन, अघिल्लो वर्षभन्दा सरसफाइ सम्बन्धमा भएको प्रगति, सरसफाइका लागि नयाँ विकल्पहरूको प्रयोग र सहरले अङ्गालेका उत्कृष्ट अभ्यासहरू छन् ।
यो रिपोर्ट शनिबार नरेन्द्र मोदीले इन्दोरमा सार्वजनिक गराएका थिए ।