फिल्म ‘जय शम्भु’ को प्रदर्शन मिति घोषणा ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

फिल्म ‘जय शम्भु’ को प्रदर्शन मिति घोषणा !



साउन १ गतेलाई रिलिज डेट टार्गेट गरेर फ्लोरमा निस्किएको अभिनेता द्वय अनुप विक्रम शाही र प्रशान्त ताम्राकार स्टारर फिल्म ‘जय शम्भु’ को प्रदर्शन मिति अब अगामी भदौ १ गतेलाई तय गरिएको छ । वितरक गोपाल कायस्थसँग राजधानीभित्र र एफडि कम्पनीसँग राजधानी बाहिर प्रदर्शनका लागि निर्माण टिमले सम्झौता गरिसकेको छ ।

रुपेश तामाङ निर्देशित यस फिल्ममा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय छ । काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको यो फिल्म एक्सन लभस्टोरी जानरामा निर्माण भएको प्रस्तुतकर्ता दिनेश शाहीले जानकारी दिए ।

राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य छन् । फिल्मलाई हरि घले लामाले खिचेका हुन् ।दुई ह्याण्डसम भिलेनको पर्दामा आमने-सामने हुन लागेका कारण यो फिल्म घोषणाको बेलादेखि नै प्रतिक्षीत छ । वर्षा सिवाकोटीको पनि यस फिल्ममा लिड रोल छ ।