फिल्म ‘अनुराग’ को रोमान्टिक गीत सार्वजनिक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

फिल्म ‘अनुराग’ को रोमान्टिक गीत सार्वजनिक



साउन २५ गतेलाई नयाँ प्रदर्शन मिति तय गरिएको पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘यस्तो साथी’ बोलको गीतमा एलिजा र डेब्यु ब्वाई समुन्द्र पण्डित फिचर्ड छन् । गीतमा एलिजा बोल्ड रुपमा प्रस्तुत भएकी छिन् । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतका शब्द सत्यराज एचआरसीले लेखेका हुन् भने संगीत सरोज पोखरेलले भरेका छन् ।

गीतको लोकेशन र छायांकन पक्ष उत्कृष्ट छ । एलिजा र समुन्द्रको जोडी कमालको देखिएको छ । विक्रम स्वाँर गीतका कोरियोग्राफर हुन् । धमला पत्नी एलिजाले अभिनय गरेको यो पहिलो फिल्म हो । ‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ । ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।