फिफा विश्वकप: के के भयो तयारी ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

फिफा विश्वकप: के के भयो तयारी ?



(एजेन्सी) – डिफेन्डीङ च्याम्पियन जर्मनी अब १९ दिनपछि अर्को युरोपेली राष्ट्र रसियामा सुरु हुने फिफा विश्वकप २०१८ मा उपाधि रक्षा गर्ने सुरमा हुनेछ । यसका लागि प्रशिक्षक जोकिम लोले आफ्नो २३ सदस्यीय अन्तिम टोलीको पनि घोषणा गरिसकेका छन् ।

यसपटक अन्तिम टोलीमा पछिल्लो विश्वकप फाइनलमा उपाधि जिताउन निर्णायक गोल गरेका मिडफिल्डर मारियो गोट्जे टोलीमा अटाएनन । सिजनको अधिकांश समय चोटका कारण बाहिर रहेक गोट्जेले पछिल्लो केहि वर्ष सुखद क्लब सिजन पाएका छैनन् । उच्च स्तरमा लगातार प्रदर्शन गर्न नसकेका कारण टोलीमा अटाउन नसकेको प्रशिक्षक लोले बताए ।

रसियामा हुने विश्वकपमा ३२ राष्ट्र सम्मिलित छन् । प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् । प्रतियोगितामा सहभागी ३२ मध्ये २० टोलीले यसअघिको संस्करणमा पनि सहभागिता जनाएका थिए । यसपटक विश्वकपमा दुई टोलीले पहिलोपटक सहभागिता जनाउँदै छन् । आइसल्याण्ड र पानामाको यो पहिलो विश्वकप यात्रा हो ।

यसपटक प्रतियोगिताका खेल संचालन गर्न ११ सहरका १२ रंगशाला प्रयोग गरिनेछ । प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ । विश्वकप विजेताले सन् २०२१ मा हुने फिफा कन्फेडेरेसन कपमा सहभागिता जनाउनेछ । यसपटक विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री (भार) को पनि प्रयोग हुनेछ । भारको लागि विशेष रेफ्रीका रुपमा १३ भार रेफ्रीलाई पनि नियुक्त गरिएको छ । प्रतियोगितामा खेल संचालन गराउन फिफाले ३६ रेफ्री र ६३ सहायक रेफ्रीको सुची पनि सार्वजनिक गरिसकेको छ । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल ६४ खेल खेलिनेछ ।

प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपलाई आधार मानेर तेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ । यसबाहेक विश्वकपको मास्कोटको रुपमा जाबिभाका पनि सार्वजनिक गरिएको छ ।