एभरेष्ट च्याम्बर र स्वाभिमानको दीपावली शुभकामना आदान प्रदान दिल्लीमा सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एभरेष्ट च्याम्बर र स्वाभिमानको दीपावली शुभकामना आदान प्रदान दिल्लीमा सम्पन्न



हिमाल पोस्ट /नयाँ दिल्ली ,असोज ३० 

दिल्ली स्थित ब्यापारीहरुको छाता सङ्गठन एभरेष्ट च्याम्बर अफ कमर्स र गैर राजनैतिक सामाजिक संस्था हाम्रो स्वाभिमानको संयुक्त आयोजनामा आईतवार  दीपावली  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

च्याम्बरका अध्यक्ष युवराज बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भारतीय जनता पार्टीका सांसद रमेश बिदुडिको  प्रमुख आतिथ्यता रहेको थियो ।अतिथिमा भाजापाकि दिल्ली प्रदेश उपाध्यक्ष बिनिता सिंह , बिजेपी नेता मनोज शर्मा ,भारत स्थित नेपाली राजदूतावासका प्रतिनिधि कृष्ण हरि पुष्कर ,च्याम्बरका उपाध्यक्षद्वय राम नेपाल र टिकाराम कंडेल ,एस.पी मेमोरिय शिक्षा निकेतनका सस्थापक ई विष्णु बराल ,हाम्रो स्वाभिमानका महामन्त्री प्रेम क्षत्री ,अखिल भारत एकता मंचका आरबी खड्का, मूल प्रवाहा अखिल भारत नेपाली एकता समाजका ठाकुर खनाल ,सस्थापक शेखर कुवर ,प्रमोद खरेल ,नेपाली जन सम्पर्क समितिका कृष्ण पाण्डे आदिको उपस्थिति रेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बिदुडीले दीपावलीको शुभकामना दिँदै नेपालीहरूले पनि दीपावली यसरि धुम धाम मनाउने रैछन भन्दै खुसी व्यक्त गरेका थिए ।कार्यक्रमकै अतिथि आरबी खड्काले शुभकामना सँगै हेमराज आरुसी हत्या काण्डको विषय जोड्दै भोज भतेरमा हामी एक जुट हुन्छौ तर नेपालीलाई सहयोग चाहिदा कुना पस्ने कुरा बताएका थिए ।

विशेष गरी तिहारमा खाईने सेल रोटि र अचार खुवाएर सुरु गरिएको उक्त कार्यक्रममा दिल्लीमा रहेका राजनैतिक एवंम् गैर राजनैतिक सङ्घ सस्थाको बाक्लो उपस्तिथी रहेको थियो ।मूल प्रवाह र देउराली सास्कृतिक समूहको संयुक्त रूपमा भैलो पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रम सुचारु अवस्थामै सस्थापकका प्रमोद खरेल भने रिसले चुर भएका थिए ।पहिलो हाम्रो स्वाभिमान संग कार्यक्रम संयुक्त गरेकोमा आपत्ति जनाएका थिए भने अर्को आफुलाई शुभकामना दिन नदिएको तर केहि व्यक्तिलाई दुई पटक सम्म मन्चमा शुभकामना दिन बोलाईएको  भन्दै गुनासो समेत गरे ।

च्याम्बरका  महासचिव र सचिवद्वय मोहन कार्की र धनश्याम शर्माको संयुक्त संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।