इन्जिनियरहरूको सुझाव: विकासको लागि पिपिपि मोडल उपयुक्त - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

इन्जिनियरहरूको सुझाव: विकासको लागि पिपिपि मोडल उपयुक्त



बुटवल
नेपालको समृद्धिका लागि निजी तथा सार्वजनिक संस्थाहरूको सहकार्य अपिरिहार्य रहेको भौतिक तथा पूर्वाधार मन्त्रालयका पूर्व सचिव पूर्ण कडेरियाले बताउनु भएको छ |

नेपाल ईञ्जिनियर एशोसियसन,लुम्बिनी क्षेत्रीय केन्द्र,बुटवलको आयोजनामा एक दिवसीय गोष्ठीमा समृद्ध नेपालकोलागी पिपिपी मोडल प्रस्तुत गर्दै सो कुरा बताउनु भएको हो | अरू राष्ट्रहरूमा अत्यन्त सफल रहेको सो मोडल नेपालकोलागि समेत उपयुक्त हुने उहाँको भनाई थियो |

सोही गोष्ठीमा नेपालमा टनेल बोरिङ् मेसिनको अभ्यास विषयक समेत कार्यपत्र प्रस्तुत गरिएको थियो | भेरीबबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका कार्यकारी निर्देशक तथा सिँचाइ विभागका सहसचिव शिव कुमार बस्नेतले पेस गर्नु भएको कार्यपत्र माथि सहभागीहरूले टिप्पणी गर्दै कालिगण्ड्की तिनाउ डाईभर्जन र सिद्धाबाबामा टनेलिङ्को सम्भावना बारेमा जिज्ञासा राखेका थिए ।

सहाभागीहरूको जिज्ञासाको उत्तर दिँदै निर्देशक बस्नेतले सो क्षेत्र सिवालिक क्षेत्रमा परेपनी टनेलिङको सम्भावना रहेको बताउनु भएको थियो |
कार्यपत्र माथि पुनर्निर्माण प्राधिकरणका पूर्व सिईयो ईञ्जिनियर सुशील ज्ञवाली,ई पिएल श्रेष्ठ, ई हरेराम श्रेष्ठ र ई लीला बहादुर भण्डारीले टिप्पणी तथा सुझाव पेस गर्नुभएको थियो |

कार्यक्रममा डा.तारा पोख्रेल,दल बहादुर गुरुङ,बल बहादुर आचार्य,लेखनाथ पाण्डेय,ध्रुव धितालले गोष्ठी लाभदायक र यसले नयाँ सन्देश समेत दिएको बताउनु भएको थियो । कार्यक्रम एशोसियसनका लुम्बिनी क्षेत्र केन्द्र,अध्यक्ष इन्जिनियर दुजेन्द्र बस्नेतको अध्यक्षतामा तथा नेपाल ईन्जिनियर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष ई हरेराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा लुम्बिनी क्षेत्रीय केन्द्र अन्तर्गतका १५० बढी इन्जिनियर हरूको सहभागिता रहेको एसोसिएसनका कोषाध्यक्ष ई छविन्द्र भट्टराईले जान्कारी दिनु भयो |