२०७५ जेष्ठ ६, आइतवार

दिन नसकेको प्रेम पत्र

January 4, 2018
604 Views
Spread the love
  • 231
    Shares

-हरि थापा

राम्रो सँग पढ हैँ बाबु! ठुलो मान्छे बन्नु पर्छ। नत्र भने हजुर बा, र बा,जस्तै गोरु जोतेर,गोठालो गएरै जीवन धान्नु पर्छ सधैँ ठुला बडाको खुट्टा मोलेरै खानु पर्छ,जीवन भरि भारी बोकेरै सङ्घर्षको जीवन जिउनु पर्छ।कहिले हप्काएर त कहिले न्यायो माया दिएर आमाले समय समयमा सम्झाईरहनु हुन्थ्यो।

एक झोला किताबको भारी बोकाएर स्कुल पठाएपछि छोरोले धेरै पढ्छ ठुलो मान्छे बन्छ र बुढेसकालमा सहारा दिई राम्रो सँग पालन पोषण,हेरविचार गर्छ।त्यो भन्दा पनि छोराले दुख पाउँदैन राम्रो जागिर खान्छ आदि इत्यादि ..उहाँहरूले सपना आफ्नो लागि हैँन छोराको लागि देखिरहनु भएको हुन्थ्यो ।हरेक योजना चाहना र अाकाङक्षा छोरो सँग जोडेर गर्नु हुन्थ्यो।

एउटा आमा बा, आफ्नो छोरा छोरीको लागि कति सम्म गर्छन् भन्ने कुरा मैले पहिलो पटक बुझेको थिए।मैले थाहाँ पाउँदा सम्म मुखमा हालेको मिठाई पग्लिसकेको निकालेर पनि मेरो मुखमा खुवाई दिएको र मैले कति मिठो भनी निलाको याद र सम्झना ताजा छन्।

अनि म पनि पढेर ठुलै मान्छे बन्ने सोचले उकाली अोराली गर्दै कहिले दोैडिदै कहिले रोकिँदै कहिले झरी कहिले खडेरी झोल्दै भोकाको झोकमा आमाले पोको पारि हाल्दिएको भुटेको मकै भटमास,कहिले गहुँको रोटी आधा बाटो आएपछि हरेक दिन भोज चल्थ्यो टाढाको बाटो स्कुल बाट फर्किँदा साँच्चै दिनै भरि खेत जोतेर फतक्क गला जस्तो गलिन्थ्यो। आमाले भने जस्तै धेरै पढेर घर फर्कन्थे यसरी नै दिन महिना र वर्ष बिते।

कहिले काहीँ खाजा नहुँदाको दिन बाटोमा देखिने काँचो अम्बा टोक्दै ,अमिलो अाप चोर्दै जङ्गल जङ्गल चाहर्दै नास्पतिका बोट खोज्दै मुख भरि र्‍याल काढ्दै हिँडेका पलहरू पनि विर्सिसाध्य छैनन्।

उमेर चढ्दै जाँदा पढाई पनि उस्तै चल्दै गयो।केही आकर्षणले खलबल्यायो पढ्न चाहिँ नजान्ने तर च्वाक बनेर केटाहरू लठ्याउँन आउने केटीहरूको कारण पनि जवानी चढेर थामी सक्नु भएन त्यही झोकमा कतिले क्लासमेट नै उडाएँ कतिले आफूलाई सामेल…कसिलो शरीर अनि बोल्ड गेटअप गरेर आउने केटीहरू पनि कम थिएनन् त्यसैले त धेरै साथीहरूको ध्यान पनि त्यतै गयो र पढ्न सकेनन् अनि कहिल्यै ठुलो मान्छे बन्न सकेनन्।

मलाई त्यो समय विशेष लाग्छ यसकारण पनि म त्यो समय त्यो क्षण सम्झन्छु जुन कुरा प्राप्त गरेको भए सायद त्यो क्षनिक सुख मिल्न सक्थ्यो।तर जब पाउने कुरा प्राप्त गर्ने सबै सपनाका स्वईर कल्पना मात्र भए त्यसैले त मलाई त्यो विशेष अवसर लाग्छ।

अनि पुन एक पटक त्यही स्वईर कल्पाको अालोकाचो विम्बहरूमा फर्किन मन लाग्छ त्यही विन्दुमा पुग्न मन लाग्छ जहाँ बाट प्रेमको विऊ उम्रन सुरु भएको थियो र टुसा पलाउन नपाई खडेरीमा सकेको सल्लाको सलपिर डढाएको थियो।

जीवनमा मागेर पाउने भए र मिल्ने हो भने त म अहिले पनि विगतमा फर्कन चाहन्थे जुन सोह्र वर्षको कलकलाउदो फक्रिदो जवानीमा रम्न चाहन्थे, तर अब यो सबै वाईयत लाग्नेछ जुन कुरा सम्भव नै छैन।

विज्ञानलाई नै चुनोैति दिएर भन्न मन लाग्छ असम्भव केही छैन भन्ने विज्ञलाई सम्भव बनाएर मलाई त्यो बालपनमा लगिदियोस भन्न मन लाग्छ ! के यी यावत कुरा कुनै चर्चित, विश्वविख्यात साईन्टिस्टले पुर्‍याई दिन सक्छ?

“दिएर ईज नो ईम्पोसिबल इन द अोल्ड” यहाँ प्रेमको चक्करको कुरा गर्दा लभ स्टोरी सम्झिँदा यो वैज्ञानिक तथ्य नै फेल हुन्छ।यदि हर कुरा सम्भव छ भने मलाई दश वर्ष अगाडी लगिदियोस!

अनि म त्यो कुख्रे वशैले जवानी चढेर उखरमाउलो भएको वेला मस्त जवानी चढेको बेला पुरा गर्न नपाएको जीवनको हिसाब गर्न पाउँ भरपुर मनोरञ्जन गर्न पाउँ अथवा दिन नसकेको पत्र उनको हातमा थमाई दिन पाऊँ।

प्रेमका भिकारीहरु भन्ने गर्छन् “पाउनु मात्र प्रेम हैन गुमाउनु पनि प्रेम हो”वास्तवमा मलाई पनि यो तथ्य ठिक लाग्छ।प्रेम शरीरको भोग गर्दैमा टुङ्गिदैन प्रेम त्यस्तो चिज रहेछ।पाउँदा भन्दा गुमाउँदा अझ याद माया र सम्झनाहरू बढ्ने रहेछ अविरल बहने सङ्लो निश्चल हुँदो रहेछ।

केही मान्छेको अतीत तितो होला केही को मिठो होला मिठो लाई चैँ सम्झिरहने तितो लाई चैँ बिर्सने यस्ता केही व्यक्ति पनि छन् जसले सजिलै भन्छन्।म अतीतलाई बिर्सन चाहन्छु र वर्तमानलाई पछ्याउन चाहन्छु अथवा मैले त्यो विगत विर्सिसके।

यसरी अतीत प्रति प्रहार गर्दै वर्तमानमा रमाउने मूर्ख प्रेमीहरू प्रति मलाई दया लागेर आउँछ उसलाई थाहाँ छैन कि आजको वर्तमान भोलिको अतीत हो ।

अतीतलाई चटक्कै बिर्सने त्यस्तो मान्छे होस जसले आफ्ना अतीत भुलोस् ‘नो अाईण्ड नभरे ‘मलाई यस्ता कुरा सजिलै बिर्सन्छु भन्ने प्रति अलिकति पनि विश्वास लाग्दैन।

मैले पनि चटक्कै बिर्सेको थिएँ कुनै कुनै कुराले डोर्याएर त्यही पुर्‍याउँछ जुन सयोैँ हजारोैँ पटक विर्सेने कोसिस गर्दा पनि याद भइरहन्छ,सम्झना आइरहन्छ।

म मात्र हैन हरेक मान्छे त्यही पुगेर ठोकिन्छ र भन्छ म अतीत बिर्सन चाहन्छु जे सुकै होस अतीत बिर्सने मान्छेले वर्तमान भविष्य दुवै बिर्सन सक्छ भन्ने मेरो ठम्याई छ।

यसो भनिरहदा सम्झिन पर्छ भन्ने पनि छैन केही अतीतका सम्झनाले वर्तमानलाई झस्काउँछ होला केही असर गर्छ होला त्यसैले सकिनसकि जवरजस्त देखावटी रूपमा बिर्सन बाध्य हुन्छन्।

आफू भित्र भित्र पिल्सिएर कसको लागि बिर्सने त्यो अतीत ?बिर्सने बहानामा ठुलै नाटक चल्छ एउटा अतीत बिर्सन वर्तमानका हजारोैँ कुरा विर्सदा पनि बराबर हुँदैन ।।

त्यही माथि भनेको विशेष दिन यहीँ बाट सुरु हुन्छ। प्रकाशको लहलैमा लागेर प्रेम पत्र कोरेको दिन मेरो लागि ताजै छन्।म त खास प्रेम पत्र कोर्न नजान्ने मान्छे हुँ उसकै हुटहुटिमा अावेगमा आएर कोरेको हुँ!

उसले निरुलाई कोरेका शब्दहरूलाई नै फिल्टर गरी मैले पनि दुईचार शब्द कोरेको हुँ।जब त्यो पत्रमा आफ्ना मनका वेदनाहरू चाहना हरुले रंगिए त्यो रातै भरि एक झप्को पनि निदाएको थिइन।

ती दिनहरूको यादहरू अालै छन् मैले लेखेको प्रेम पत्रको मसी खुईलिए होलान्,पनाहरु खुम्चिए होलान् वा कुनै डस्विनमा उहाँ बेला कुहियो होला अथवा च्यातेर धुजा धुजा भयो होला तर त्यो मान्छे उसका लागि कोरेका केही शब्द अझै पनि बायाँ छातीको एक कुनामा सुरक्षित छन्।।

हामी सँगै कोठा बस्थ्योैँ केटो पढ्नमा अब्बल थियो उसले आफू पढ्न ट्यालेन्ट भएकै कारण बिछट्टै राम्री केटी ताक्यो।त्यो रात जसो तसो काट्यो प्रेम पत्र लेखे देखिनै मुटु ठाउँमा थिएन ठुलै गल्ती गरेझैँ भएको थियो उसलाई के भयो मैले हेक्का राखिन प्रकाश मस्त निदाएको थियो भोलि पल्ट हामी दुवैले पत्र साटेर पढ्योैँ। ल गजब छ पक्का दिने हो नि?

त्यति धेरै विश्वास त थिएन तर पनि म सोझो उसले पक्कै दिन्छ भनेर म पनि तयार भए  दिने सुरसारमा कम्मर कसे जब स्कुल पुग्न केही मिनेट बाँकी थियो अहँ मन डराएर थुरथुर भएको थियो चेहेरा पनि अपराधीको जस्तो रातो पिरो भएको थियो।ठुलै अपराध गर्ने लागे जस्तो भान भयो अाफुँलाई भित्र भित्र डरले लात मार्न थाल्यो।

प्रकाशले लेखेको प्रेम पत्र उसले गर्लफ्रेण्डलाई थमाईदियो कि के गर्‍यो। त्यो अतोपत्तो भएन!अथवा उसले मलाई देखावटी मात्र लेखेको थियो मलाई फसाउन मात्र खोजेको थियो यो रहस्य नै भयो।

उसले खुसी हुँदै हाप छुट्टीमा भनेको थियो मैले त दिए तिमीले दियोैँ मैले हचुवामा भन्दिएँ! दिएँ भनेर तर मैले ब्याकको भित्री गोजीमा सुरक्षित राखेको थिए हिम्मत जुट्न नसकेर जस्ताको तस्तै थियो अनुकूल मिलेको थिएन।

उसले मैले त दिए भनेको केही दिनमै केटी सँग रिमझिम बढ्यो मैले दिए भनेर गफ त लगाईदिए तर मन देखि सोचेको गर्लफ्रेण्ड सँग एक बचन बोल्न पनि पाएको थिइन।

अाखिँरमा उनीहरू दिन प्रतिदिन नजिक हुँदै गए मलाई जोस आयो उसले दिएर त्यहाँ पुर्‍याई सक्यो सम्बन्ध आफू कति रमिता बनेर हेर्नु अब अन्तिम निर्णय गरे दिन पर्‍यो भनेर …

फेरि पनि त्यो साहस जुटेन पत्र झोलाको गोजीमा रहिरह्यो हरेक रात म त्यही पत्र पढेर प्रेमको न्यानो आभास लिन्थे अनि उसका पिकनिकमा खिचेका तस्विरहरुमा चुम्मा खादै बस्थे, मैले उसका केही तस्बिर हात पारेको थिए दिनहुँ म मुख मिठ्याउदैँ कल्पिएर बस्थे अनि उनको त्यो तस्बिरलाई आफ्नै छात्तिमा टासेर सुत्ने गर्थे कहिले तस्बिर हेर्दै निदाउँथे,त कहिले छटपटिमै रात विताउथे,।

अाखिँर म सँग मात्र थिएन त्यस्ता तस्बिर प्रकाश सँग पनि थियो उसले त झन् मिनेटै पिच्छे फोटोमा चुम्मा गरिरहन्थ्यो फोटोमा नै अाखाँ झिम्मिक पार्दै जिस्याक्याउने गर्थ्यो मैले एक दिन उसको नोट सार्न खोजे हामीले सँगै बसेर लेखेको पत्र उसको नोट बाट खुत्रुक खस्यो ।

मैले त्यो पत्र खोले त्यही दिन लेखेको तिथि मिति बार सबै उल्लेख थियो।दुखी आत्मा मलाई दिए भनेर झुक्याउने म खित्का छाडेरै हाँसेँ केटाको दम देखियो अर्कैले पट्याईदिन्छ अब मैले उसलाई नर्भस पार्दिए।

अनि उसले मलाई नरम भएर सोध्यो,तिमीले दिएकै हो त।मैले विना फिकर हो भन्दिए खासमा मैले पनि दिन सकेको थिएन अनुकूल मिलेको थिएन तर त्यो पत्र लेखेको तिन महिना वितिसकेको थियो।

एक दिन हतारमा त्यो पत्र च्यात्ने विचार गरे मैले उसलाई दिए भनेर झुक्काई सकेको थिए हिम्मत नअाएर दिन सकेको थिएन फेरि म त्यो पत्र दिएर उनी म सँग रिसाएको हेर्न पनि सक्दिनथे,जे थियो राम्रो थियो कहिले काहीँ बोलचाल हुन लागेको थियो। मैले त्यही सम्बन्धलाई निरन्तरता दिने निर्णय गरे ।

थाहाँ थिएन मलाई यदि त्यो प्रेम पत्र दिएको भए त्यो सम्बन्ध त्यही पुर्णविराम लाग्न सक्थ्यो वा त्यो भन्दा अझै अगाडी र माथि पुग्थ्यो? मैले त्यो साथीत्वलाई त्यो भन्दा माथि लग्न चाहिन। जब मैले लेखेको प्रेम पत्र दिन सकिन मैले त्यो झोला बाट झिकी च्यातेर फाल्ने निर्णय गरे ।

मलाई शङ्का थियो प्रकाशले कुनै दिन भेट्न सक्छ त्यसैले यो अब राख्नुको अोैचित्य छैन तर पहिलो पटक लेखेको पत्र कसरी च्यात्न सक्थे र! अहँ च्यात्ने पनि आँट साहस आएन बरु मलाई पुन पढ्न मन लाग्यो मैले उनलाई उपहारमा दिएका ती शब्दहरू अमूल्य थिए ।जति पटक पढ्दा पनि मात लाग्दैन्थ्यो।

जति नै मुल्यवान भए पनि उनको हात सम्म पुग्न सकेन मलाई लाग्यो सायद यो पत्र एक पटक पढ्न मात्र दिएको भए पनि उनले नाई भन्ने थिइनन् मलाई विश्वास थियो मैले पत्र पढे रोमान्चित महसुस भयो के आधा पढेको मात्र थिए प्रकाशले त्यो पत्र देख्यो।

खुब! मलाई त दिई भनेर फुर्ती दिने को अोैकात, चालमाला पनि देखियो ऊ यति भनेर मज्जाले हाँस्यो मेरो बदनाम नै गरे जस्तो लाग्यो अनि अाफुँ नि अाफूँ मैले प्रश्न गर्दा ऊ पनि चुप!भयो सायद ऊ पनि हामी सँगै बसेर एउटै सम्बोधन गरेर लेखेको प्रेम पत्र फेरि एक पटक सँगै बसेर पढ्न चाहन्छ म जस्तै अनि च्यात्ने हैन अझ सुरक्षित सँग राख्न चाहन्छ।

Facebook Comments
  • 231
    Shares

You may be interested

गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगारमा सिन्डिकेट लगाउने ४८ व्यवसायी पक्राउ
प्रवास
0 shares6 views
प्रवास
0 shares6 views

गोकर्ण विष्टको निर्देशनमा वैदेशिक रोजगारमा सिन्डिकेट लगाउने ४८ व्यवसायी पक्राउ

himal post - २०७५, ६ जेष्ठ २१:०३

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा प्रहरीले आइतबार काठमाडौँका विभिन्न ठाउँबाट वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारहरूको स्वास्थ्य…

सन्दीपले कमाल देखाए, अन्तिम खेल पनि दिल्लीलाई जिताए !
खेलकुद
0 shares13 views
खेलकुद
0 shares13 views

सन्दीपले कमाल देखाए, अन्तिम खेल पनि दिल्लीलाई जिताए !

himal post - २०७५, ६ जेष्ठ २०:३२

दिल्लीको घरेलु मैदानमा भएको आइपिएल क्रिकेट अन्तर्गतको ५५औं खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सनसनी मच्चाएका छन्। चार ओभर…

आजको खेलमा सन्दीपको धामाका, ३ विकेट लिए !
खेलकुद
0 shares12 views
खेलकुद
0 shares12 views

आजको खेलमा सन्दीपको धामाका, ३ विकेट लिए !

himal post - २०७५, ६ जेष्ठ १९:३३

नयाँ दिल्ली– सन्दिप लामिछानेले आईपीएलमा मुम्बई इन्डियन्सबिरुद्ध कमालको खेल प्रदर्शन गर्दै छन् ।  ओपनिङ्ग बलिङ्ग गर्न आएका सन्दिप लामिछानेले पहिलो ओभरमै…