२०७५ असार ४, सोमवार

क्रिश्चियनले गराइरहेको धर्मपरिवर्तन सेवा नभई शोषणको अभियान हो :शंकराचार्य सरस्वती

May 23, 2018
70 Views
Spread the love
  • 25
    Shares

पर्सा । गोवद्र्धन मठ, पुरीका पीठाधीश जगतगुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले महायन्त्रको आविस्कार तथा प्रयोगकै कारण पूरै विश्व जोखिममा परेको बताएका छन् ।

उनले महायन्त्रको आविस्कारले विश्वयुद्धको आशंका उत्पन्न हुनुका साथै विश्वभरि असुरक्षा, आर्थिक अभाव, सामाजिक संकट, प्राकृतिक विपद् देखा परेको जानकारी दिए ।

वीरगञ्जमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शंकराचार्य सरस्वतीले सनातन सिद्धान्तको आधारमा हुने विकासले मात्र मानवताको रक्षा गर्नुका साथै असली सुख समृद्धि प्रदान गर्न सकिने विचार व्यक्त गरे । उनले सनातन धर्मको सिद्धान्तविपरीत विकासको नाममा विनासतर्फ जाँदै सरकारहरु महायन्त्र निर्माणको होडमा लागेको र यो मानवताका लागि सही संकेत नभएको प्रस्ट पारे ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शंकराचार्य निश्चलानन्द सरस्वतीले समाजसेवाको बहानामा क्रिश्चियनले नेपाल तथा भारतका विभिन्न क्षेत्रमा गराइरहेको धर्मपरिवर्तन सेवा नभई शोषणको अभियान भएको दाबी गरेकी छन् ।

सेवा भावनाले सेवा गरेपछि त्यसको समाजमा सुप्रभाव पर्छ तर, क्रिश्चियनले सेवा तथा उपासनाको नाममा आफूतर्फ आकर्षित गरी हिन्दूलाई अल्पसंख्यक बनाउने कार्य गरिरहेको बताउँदै शंकराचार्यले मानव अधिकारको सीमामा क्रिश्चियनको यो अभियान घातक रहेको र धर्मपरिवर्तनको अभियान उनीहरुकै लागि पनि भविष्यमा अभिशाप सिद्ध हुने दावी गरिन् ।

सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै शंकराचार्य सरस्वतीले जुन कुराले नेपालबाट राजतन्त्रको अन्त्य ग¥यो त्यो तथ्यलाई पत्ता लगाई जनताको आकांक्षाअनुसार शासन सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको जानकारी दिइन् । उनले काठमाडौँमा भेट हुँदा प्रधानमन्त्री ओलीलाई जनताको हितमा काम गर्न सुझाव दिएको र बारामा पूर्वराजा ज्ञानेन्द्र्र शाहसँग भेट्दा पनि सोही सल्लाह दिएको बताए । रासस

Facebook Comments
  • 25
    Shares

You may be interested

यस्तो छ डाक्टर उपेन्द्र देवकोटाको जीवनी !
समाचार
0 shares6 views
समाचार
0 shares6 views

यस्तो छ डाक्टर उपेन्द्र देवकोटाको जीवनी !

himal post - २०७५, ४ असार २०:५०

काठमाडौं- पित्तनलीको क्यान्सरबाट ग्रसित वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ। डा देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा…

डा देबकोटाको काजक्रिया छोरीहरुले गर्ने !
समाचार
0 shares6 views
समाचार
0 shares6 views

डा देबकोटाको काजक्रिया छोरीहरुले गर्ने !

himal post - २०७५, ४ असार २०:४२

सोमबार साँझ निधन भएका प्रसिद्ध न्यूरो सर्जन डा उपेन्द्र देबकोटाका काजक्रिया ७ दिनमा नै सम्पन्न गरिने भएको छ। स्व डा…

आत्महत्याको प्रयास गर्ने थिङलाई नेपाली जनसम्पर्क समिति मकाउका पदाधिकारीहरूले भेट गरे
प्रवास
0 shares16 views
प्रवास
0 shares16 views

आत्महत्याको प्रयास गर्ने थिङलाई नेपाली जनसम्पर्क समिति मकाउका पदाधिकारीहरूले भेट गरे

विशाल पाण्डेय - २०७५, ४ असार १९:२५

मकाउ,चीन। बैदेशीक रोजगारको सिलसिलामा बिशाल थपलिया मार्फत मकाउ आई मकाउ गोल्बल कम्पनिमा कार्यरत रहेका स्थायी घर मकवानपुर निवासी आत्महत्याको प्रयास…