काठमाडौंमा देउसी खेल्न नपाइने

October 17, 2017
1 Views

काठमाडौं, असोज ३१ ।

काठमाडौंमा नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा शान्ति सुरक्षाको कारण देखाएर रातमा देउसीभैलो खेल्न नपाइने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गरी राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले मंगलबार सूचना जारी गरी १० बजेभन्दा पछि देउसीभैलो खेलेमा कारबाही गर्ने बताएका छन्।

प्रजिअ अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तिहार पर्वको उपलक्ष्यमा खेलिने देउसी, भैलो कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि त्यस्ता कार्यक्रमहरु गर्दा सम्बन्धित घरधनीको सहमति लिइ बिना करकाप बेलुकी १० बजेसम्म मात्र मनाउनु हुन अनुरोध गरिन्छ ।’

त्यस्तै आतिसबाजी, पटका भुइचप्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नगर्न पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

Facebook Comments

You may be interested

जिन्दगीमा दुई कुराले ठग्यो भन्छन बैकुण्ठ र पूर्णकला ! आखिर के रैछ ?(भिडियो सहित)
मनोरञ्जन
0 shares7 views
मनोरञ्जन
0 shares7 views

जिन्दगीमा दुई कुराले ठग्यो भन्छन बैकुण्ठ र पूर्णकला ! आखिर के रैछ ?(भिडियो सहित)

himal post - २०७४, २९ मंसिर १९:०४

नेपाली लोक सांगीतिक क्षेत्रका बहुप्रतिभावान श्रष्टा तथा गायक बैकुण्ठ महत र पछिल्लो समयमा आधुनिक शैलीमा लोक दोहोरी गाउन खप्पिस गायिक…

ओली -प्रचण्ड वार्ता :अध्यक्ष वा प्रधानमन्त्री  एक नछाड्ने प्रचण्डको अडान
राजनीति
0 shares163 views
राजनीति
0 shares163 views

ओली -प्रचण्ड वार्ता :अध्यक्ष वा प्रधानमन्त्री एक नछाड्ने प्रचण्डको अडान

himal post - २०७४, २९ मंसिर १८:३१

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले आफूहरुबीच भएको पूर्व सहमति अनुसार…

यो हो चलचित्र ‘कृ’को ट्रेलर (भिडियो)
मनोरञ्जन
0 shares18 views
मनोरञ्जन
0 shares18 views

यो हो चलचित्र ‘कृ’को ट्रेलर (भिडियो)

himal post - २०७४, २९ मंसिर १८:२९

लामो समय देखि दर्शकले पर्खिरहेको चलचित्र 'कृ'को ट्रेलर सार्वजनिक भएको छ हेर्नुहोस ट्रेलर  https://youtu.be/aRoObj9rnn0