दैलेखमा दुर्घटना, वडाध्यक्षसहित ५ गम्भीर घाइते - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दैलेखमा दुर्घटना, वडाध्यक्षसहित ५ गम्भीर घाइते



जिल्लाको आठबीस नगरपालिका–८ स्याउलीकाँधबाट छेपाडीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन् ।

भे १ च २१४८ नम्बरको जिप सोमबार राति करिब ८ः३० बजे दुर्घटना भई सडकबाट २५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

 

जिप दुर्घटनामा परी आठबीस नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर सिँजापती गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते अन्य यात्रुहरुमा लालबहादुर बडुवाल, नवीन बडुवाल, सूर्यबहादुर बडुवाल र कमल बडुवाल छन् । उनीहरु चारै जना आठबीस नगरपालिका–९ का हुन् । प्रहरीका अनुसार, उनीहरुको टाउको, आँखा र मुखमा गम्भीर चोट लागेको छ ।

सडकबाट जिप धेरै तल खसेकाले घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानरकारी दिएको छ । घाइतेको उपचारका लागि प्रदेश राजधानी सुर्खेततर्फ ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

फाइल तस्बिर