कभर संग कम्पिटिसन २०७५ को आयोजना हुदै ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कभर संग कम्पिटिसन २०७५ को आयोजना हुदै !



केबीए ग्लोबल जुनी जुनी लाइ अनलाइन कभर संग कम्पिटिसन २०७५को आयोजना गरिने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कभर कम्पिटिसनको बारेमा जानकारी गराइयो । संगीतकार टिका दाहालको संगीत तथा बिष्णुबाबु देबकोटाको शब्द रचनामा नेपाल आइडलका टप १२मा पुग्न सफल गायक राहुल बिश्वाश र गायिका सन्ध्या जोशीको स्वरमा रहेको जुनी जुनी बोलको गीतको कभर कम्पिटिसन आयोजना गर्न लागिएको हो ।

लामो समय देखि अस्ट्रेलियामा बस्दै आएका संगीतकार टिका दाहालको संगीतमा बनेको गीत निर्माणमा अस्ट्रेलियामा नै बस्दै आएका गणेश अधिकारी र प्रकाश ढुंगानाले सहयोग गरेका छन । पत्रकार सम्मेलनमा गीतकार बिष्णुबाबु देबकोटाले कम्पिटिसनको बारेमा जानकारी गराएका थिए । कम्पिटिसनमा प्रथम हुनेले नगद पचास हजार र एउटा गीत रेकर्ड र दोश्रो हुनेले नगद पच्चिस हजार सहित एउटा गीत रेकर्ड गर्ने अवसर प्राप्त गर्ने छन् ।

कभर संगस कम्पिटिसनमा भाग लिन चाहनेले आफैंले गाएको तथा सफा देखिने गरि खिचिएको भिडियो पठाउनु पर्ने छ । प्रतियोगीले आफुले गाएको गीत जुनी जुनी लाइ फेसबुक पेजमा पठाउनु पर्ने छ । प्रतियोगीहरुले गीतलाई एकल तथा युगल दुवै तरिकाले गाउन सक्नेछन् ।