कांग्रेसको तयारी: हिन्दुराष्ट्र, राजसंस्था ब्युताउने र संघीयता खारेज - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

कांग्रेसको तयारी: हिन्दुराष्ट्र, राजसंस्था ब्युताउने र संघीयता खारेज



नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक नजिकिदै छ । बैठक नजिकिएसँगै नेताहरु छलफलका विभिन्न एजेण्डा तय गर्न व्यस्त छन् ।

बैठकमा प्रदेश र प्रतिनिधीसभा चुनावमा पार्टीले हारेको विषयमा प्राथमिकताका साथ छलफल हुने भएपनि नेताहरु अन्य एजेण्डाहरुपनि अघि सार्ने तयारीमा छन् । बैठकमा नेताहरुले हिन्दुराष्ट्र र राजसंस्थादेखि संघीयता खारेज गर्नेसम्मका एजेण्डा प्रस्तुत गर्ने तयारी गरेको बुझिएको छ ।

हिन्दुराष्ट्रको पक्षमा खुलेरै लागेका खुमबहादुर खड्का समुहले बैठकमा यसबारे छलफल प्रवेश गराउने भएका छन् । खड्का समुहका केन्द्रिय सदस्य शंकर भण्डारीले हिन्दुराष्ट्र कायम गर्नुपर्छ भन्ने विषय र राजसंस्था फर्काउनुपर्छ भन्ने एजेण्डासमेत बैठकमा प्रस्तुत गर्ने तयारी भएको खड्का निकटका एक नेताले खबरडबलीलाई जानकारी दिए ।

नेता डा.रामशरण महतले भने नेपालमा संघीयता कार्यान्वयन गर्न चुनौतिपूर्ण रहेको ठहर गरेका छन् । उनले बैठकमा नेपालमा संघीयता कार्यान्वयन गर्न चुनौतिपूर्ण रहेको भन्दै खारजीको विषयलाई बैठकमा प्रवेश गराउने तयारी गरेका छन् ।