२०७५ असार ९, शनिबार

‘चिँ मुसी चिँ’ को शिर्ष गीत सार्वजनिक

June 12, 2018
159 Views
Spread the love
  • 1K
    Shares

साउन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको म्यूजिकल थ्रिलर जनरामा निर्मित फिल्म ‘चिँ मुसी चिँ’ को लोक लयको शिर्ष गीत सार्वजनिक भएको छ । सन्तोष पोखरेलको शब्द रहेको गीतमा करणराज कार्कीको संगीत छ । गीतको भिडियोमा अभिनेत्री नम्रता सापकोटाले ठुम्का लगाएकी छिन् । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा फिल्मका लिड कलाकार सुनिल क्षेत्री र अलिशा शर्माका साथै शिवराज शर्मा पनि देखिएका छन् ।

यो फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । यस फिल्मको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । गीतमा नेपाल आइडलको पहिलो सिजनको उत्कृष्ट पाँचसम्मको यात्रा तय गरेर बाहिरिएकी सुजाता पाण्डेको स्वर सुन्न सकिन्छ । उनले पहिलो पटक नेपाली फिल्मको गीतमा स्वर दिएकी हुन् ।

यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । फिल्ममा सुरज अधिकारीको संगीत रहेको छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।‘चिँ मुसी चिँ’ मा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ ।

Facebook Comments
  • 1K
    Shares

You may be interested

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १
खेलकुद
0 shares9 views
खेलकुद
0 shares9 views

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १

himal post - २०७५, ९ असार १८:१७

विश्वकप फुटवलमा अहिले भैरहेको ट्युनिसिया र बेल्जियमको खेलमा सुरुको १८ मिनेटमै तीन गोल भएको छ । समूह जी को यो…

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
समाचार
0 shares13 views
समाचार
0 shares13 views

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र

विशाल पाण्डेय - २०७५, ९ असार १८:१०

गोविन्द बीसी / बौनिया,कैलाली । नेपाली शिक्षकहरुको पेसागत साझा संगठन नेपाल शिक्षक महासंघ बर्दगोरियाले ज्ञापनपत्र बुझाएको छ । विभिन्न १७…

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी
समाचार
0 shares11 views
समाचार
0 shares11 views

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी

विशाल पाण्डेय - २०७५, ९ असार १७:३९

मंगल बास्कोटे / लम्की ,कैलाली । नेपाल कृषि प्रदान देश भन्ने कुरालाई एउटा भनाईमा मात्र सिमित नगरि प्रभाणीत गरेर देखाउने…