बहराईनबाट कार्गो गरेर काठमाडौमा सुन तस्करी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बहराईनबाट कार्गो गरेर काठमाडौमा सुन तस्करी



काठमाडौं, ३० जेठ

 

बहराईनबाट काग्रो गरेर पठाईएको अबैध सुन सहित सुनसरीका दिपक प्रधान त्रिभुवन बिमानस्थलमा पक्राउ परेका छन् । दुई वटा ठुला कार्टुनमा लत्ताकपडा र गाडीका पाठपुर्जा ल्याएको देखेपछि प्रहरीले गरेको चेकजाँचमा गाडिको मास्टर सिलिण्डर नामक पाठपुर्जा भित्र लुकाई छिपाई राखेको १ किलो ४ सय ग्राम अबैध सुन सहित सुनसरीको इटहरी ५ घर भइ गंगबुमा बस्दै आएका ३३ वर्षीय दीपक प्रधानलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दिपक प्रधानले आफ्नो बयानमा आफुलाई रोजीना राई भन्ने महिलाले उक्त सामान लिन पठाएको बताएपछि प्रहरीले भोजपुर घइ भइ ललितपुरको हरिसिद्धीबाट वर्ष २४ की रोजीना राईलाई पनि पक्राउ गरेको छ । रोजिनाले आफ्नो श्रीमान बहराईनमा भएको र सो सामान श्रीमानले नै  कार्गो गरेर पठाएको बताएकी छिन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले मास्टर सिलिण्डरभित्र खाली ठाउँ रहने भएकाले तस्करहरुले पछिल्लो समय पाटपुर्जाभित्र हालेर बहराइनबाट सुन तस्करी हुन थालेको बताए। उनका अनुसार  ‘युएइ लगायतका देशबाट पछिल्लो समय धेरै सुन तस्करी भइरहेको अहिले बहराइनबाट पनि यसरी गाडीको पाटपुर्जा मार्फत धेरै पटक सुन तस्करी भइरहेको छ।

प्रहरीले बहराइनबाट सुन पठाउने मनोज राईलाई पनि पक्राउ गर्न इन्टरपोल मार्फत पक्राउ गर्ने बताएको छ ।