यी हुन् बुधबार अवकास पाउने दुई आइजिपी र ३० उच्च प्रहरी अधिकारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यी हुन् बुधबार अवकास पाउने दुई आइजिपी र ३० उच्च प्रहरी अधिकारी



काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजिपीसहित ३० उच्च प्रहरी अधिकृतले बुधबार एकैदिन अवकाश पाउँदैछन्। सुरक्षा संगठनमा रहेको ३० वर्षे सेवा हदका कारण एकै दिन ठूलो संख्यामा प्रहरी अधिकारीले अवकाश पाउन लागेका हुन्।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालसहित १५ जना एआइजीले अवकाश पाउँदैछन्। जसमा जयबहादुर चन्द, देवेन्द्र सुवेदी, बमबहादुर भण्डारी, पशुपती उपाध्याध्य, विजयलाल कायस्थ, पंकज श्रेष्ठ, विजय भट्ट, कमलसिंह बम, केशरीराज घिमिरे, माधव जोशी, रणबहादुर चन्द, हेमन्त पाल, माधव नेपाल, मिङमार लामा र मधु पुडासैनीले अनिवार्य अवकाश पाउन लागेका हुन्।

त्यस्तै, डिआइजीहरु गणेश केसी, भोगबहादुर थापा, केदार मानसिंह भण्डारी, पुष्कल रेग्मी, रमेश भट्टराई, पुष्प रञ्जित, रोमेन्द्रसिंह देउजा, सुदीप आचार्य, गोविन्द निरौला र एसएसी बिष्णुहरि गौतमले अवका पाउँदैछन्। उनीहरुले २०४४ साल चैत २८ मा एकैदिन इन्सपेक्टरबाट प्रहरी सेवा सुरु गरेका थिए। एकै दिन प्रहरी सेवा सुरु गरे पनि कोही आइजिपीसम्म भए भने कोहीले एसएसपीमै अवकाश पाएका छन्।

त्यसैगरी, सशस्त्र प्रहरीका आइजिपी सिंहबहादुर श्रेष्ठ र दुई एआइजीले पनि अवकाश पाउँदैछन्। एआइजीहरु प्रेम शाही र प्रकाश ओझाले पनि बुधबारदेखि नै अनिवार्य अवकाश पाउँदैछन्।