फिल्म वीरमादेवीको फर्स्ट लुक पोस्टर सार्वजनिक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

फिल्म वीरमादेवीको फर्स्ट लुक पोस्टर सार्वजनिक



सनी लियोनीको साउथ इन्डियन फिल्म वीरमादेवीको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । सनी आफैंले यो आफ्नो भेरिफाइड ट्विटर ह्यान्डलबाट शेयर गरेकी छिन् । आफ्नो ट्वीटमा सनीले लेखेकी छिन्, ‘यो तपाईहरुसँग शेयर गर्न पाउँदा अत्यन्त खुसी छु । ‘वीरमादेवी’ को फर्स्ट लुक पोस्टर ।’

पोस्टरमा सनी लियोनी योद्धाको भूमिकामा देखिएकी छिन्, जो युद्ध क्षेत्रमा घोडामा सवार छिन् । तमिल-तेलुगू भाषामा बनिरहेको यो फिल्म मलयालम, कन्नड र हिन्दीमा पनि रिलिज हुनेछ । यसभन्दा अगाडि पनि सनी कयौं साउथ इन्डियन फिल्मको गीतमा देखिसकेकी छिन् ।

अब उनी पहिलो पटक कुनै साउथ इन्डियन फिल्ममा लिड एक्ट्रेसको रुपमा देखिँदैछिन् । फिल्मको अझै केही प्रतिशत छायांकन बाँकी छ । निर्देशक वी.सी. वाडिवुड्यान यो फिल्ममा निकै पैसा खर्च गरिरहेका छन् ।

फिल्ममा उच्चस्तरीय भिजुअल इफेक्ट्स प्रयोग गरिएको छ । यसअघि पनि धेरै पीरियड ड्रामा फिल्मले बक्सअफिसमा कमालको कलेक्सन गरेका उदाहरण छन् । हेर्न अब यो बाँकी छ कि सनीको यो डेब्यु साउथ इन्डियन फिल्मले बिजनेसको मामलामा कस्तो खेल देखाउन सक्नेछ । एजेन्सी, मुम्बई