शैक्षिक क्षेत्रको विकास र सुधारमा सरकारले उपेक्षा गरेकोे छ - (प्याब्सन)अध्यक्ष सम्बाहाम्फे - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

शैक्षिक क्षेत्रको विकास र सुधारमा सरकारले उपेक्षा गरेकोे छ – (प्याब्सन)अध्यक्ष सम्बाहाम्फे



भक्तपुर, ३० जेठ ।

 

नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) का केन्द्रिय अध्यक्ष बिजय सम्बाहाम्फेले सरकारले शैक्षिक क्षेत्रको विकास र सुधारमा उपेक्षा गरेको बताउनु भएको छ ।  रफत सञ्चार क्लबमा आज आयोजित शैक्षिक सवाल बिषयक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष सम्बाहाम्फेले सरकारले शैक्षिक क्षेत्रको सुधार र गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम, राष्ट्रिय परिक्षा र अनुगमन बाहेकका बिषयमा सरकारले नीजि क्षेत्रलाई अधिकार दिनुपर्ने बताउनु भयो ।

सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भन्दै उहाँले शिक्षाको सुधार विकासबाटै जनतामा परिवर्तन र समृद्ध समाजको निर्माण हुने धारणा राख्नु भयो ।

सरकारले शिक्षा ऐन संशोधनका बारेमा सरकारले शिक्षाविद् र सम्बन्धीत सरोकारवालासँग छलफल नगरी आफनो मनोमानी रुपमा संशोधन प्रस्ताव अघि बढाएको गुनासो गर्दै यसरी गरिएको संशोधन आफुहरुलाई स्वकिार्य नभएको बताउँनुभयो ।

उहाँले नीजि विद्यालयको शुल्क निर्धारणका बिषयमा सरकारले अनुगमन गर्नुपर्ने बताउँदै विद्यालयले दिने सेवा सुविधाका आधारमा शुल्क निर्धारण हुने हुँदा सबै विद्यालयको शुल्क एउटै हुन नसक्ने बताउनुभयो ।